कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा रिट

0 0


नेपालदृष्टि । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले  रिट दायर गरेका छन ।  सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिए पनि आइतबार हेर्न नभ्याँउनेमा गएपछि ओझेलमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा पेशी तोकिएको हो। 

नरोत्तम वैद्यले कोरोना महामारीका समयमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरीत अधिवेशन हुन गएकोमा रोक्नु पर्ने माग गरेका हुुन। महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने उनले जिकिर गरेका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया गएको शुक्रबारदेखि सुरु भएको छ । आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भए पनि शुक्रबार वडा तहबाट अधिवेशन सुरु भएको हो ।