बिकृतिको रसमा रमेका तीजका गीत

सोम सानु 

1 0


तीजका गीत भद्दारुपमा सामाजिक सञ्जाल आउँने क्रम मात्रै नभई केही बर्ष यताबाट चाहिने भन्दा बढी व्यावसायिक हुन थालेपछि गीतमा विकृति आउन थालेको हो ।

नेपालदृष्टि । परम्परागत रूपमा महिलाहरूले गाउने गरेको तीजका गीत पछिल्ला समय पुरुषले पनि गाउन थालेका छन्। यसैक्रमा गायक दुर्गेश थापाले केही वर्षअघि मात्र गाएको “हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा” बोलको गीत डेढ करोडले हेरेका छन्।

त्यस्तै यो वर्ष सामाजिक सञ्जालमा असाध्यै चर्चित बनेको “सोचे झैँ जिन्दगी रैनछ” बोलको गीतको युट्युबमा १ करोड ६० लाख भ्यूज छ भने “चिटिक्कै भाछु रे”बोलको गीतलाई डेढ करोडले हेरेका छन्।

अहिले बजारमा आएका अधिकांक्ष तीजका गीतलाई अडियो, भिडिओ तथा पछिल्लो समय सामाजिक सञ्जाल र अन्य थुप्रै डिजिटल प्लेटफर्म मार्फत जहिलेदेखि गीतलाई व्यवसाय गर्न थालियो र पैसा आम्दानी गर्न थालियो त्यसपछि विकृति भित्रियोको हो। 

चर्चित गायिका ज्योति मगरको “तीजको पाटी” बोलको तीज    गीतमा दरको साटो रक्सि खाने प्रशंग उठाइको छ ।

पुराना मौलिकता जोगाउँछु, भाकाहरू हाल्छु भनेर गीत बनाए कसैको नजर पर्ने  र सुन्ने वाला पनि छैनन्। व्यवसाय गर्नका लागि गीतमा उद्दण्ड मच्चाउने मसला हाल्नुु पर्ने बाध्यता रहेको गायक तथा म्यूजिक कम्पनीहरु बताउँछन । अर्को तर्फ मौलिकता झल्काउँछु भनेर दर्शक र श्रोताको नजर नपर्ने बाध्यतामा गायक गायिकाहरू पनि रहेको छन ।

व्यवसाय गर्ने नाममा गीतमा हास्य छिर्न थाल्यो, तीज भनेर रत्यौली छिराउन थालियो, महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन थालियो। तीज डिस्को आउन थाल्यो, तीज ब्याटल गर्न थालियो। गितार बजाउन थालियो। अझ अहिलेका अधिकांश तीजका भिडियो गीतहरुमा यौनिक कामुकता झल्काउँने दृश्यहरु पनि भरपुर समावेश गराउँन थालियो । जसका कारण अवका तीजका गीतहरुमा यी यस्ता सम्वाद र परिदृश्य भएन भने वजारमा कुनै पनि तीजका गीत चल्दैनन, भने पछि बिकृती कसले ल्यायो त ?
सवै हामीलेनै हो । समस्या पनि हाम्रो हो,समाधान पनि हाम्रै हो ।