के भयो माधव नेपालसँग प्रचण्डको भेटवार्तामा ?

0 0


नेपालदृष्टि । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपाल दुवैको सचिवालयले आज बिहान दुई नेताबीच भेटवार्ता भएको पुष्टि गरेको हो । कोटेश्वरस्थित माधव नेपालको निवास नजिककै एक घरमा उनीहरुबीच भेटवार्ता भएको बताइएको छ ।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् । सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।

नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । पछिल्ला दिनहरुमा एमाले एकताको प्रयास भइरहेकाले सरकारमा नजाने नेपाल पक्षको भनाई छ । यद्यपी नेपाल पक्षका केहि सांसदाहरुले भने सरकारमा जाने बताइरहेका छन् । यसैबीच आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी छ । ओली र नेपालबीच मंगलबार भेट्ने तयारी भएको बताइए पनि समय र स्थान भने खुलाइएको छैन । - दृष्टि न्यूज