चीनकी याङले ओलम्पिकको पहिलो स्वर्ण जितिन्

२०७८ श्रावण ९, शनिबार

0 0


नेपालदृष्टि। टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनले जितेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् ।

स्वर्ण जित्ने क्रममा याङले ओलम्पिकको २५१‍.८ अंकसहित ओलम्पिकको नयाँ कीर्तिमानसमेत राखेकी छन् ।

प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक जिते ।