के भन्छन उम्मेदवारीबारे सुुजित जैसवाल ?

1 0


के भन्छन उम्मेदवारीबारे सुजित जैसवाल ?

नेपालदृष्टि । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति नजिकिदै गर्दा नेता तथा कार्यकर्ताहरूमा चुनावी माहौल शुरू भएको छ । आगामी नेतृत्वका दावेदारहरू आन्तरिक तयारीमा सक्रिय हुन पनि थालेका छन् ।

स्थानीय तहदेखि केन्द्रीय तहका उम्मेदवारका आकांक्षीहरू क्रियाशिल मतदाता, नेताहरूसँग भेटेर चुनावी समीकरण बनाउन थालेका छन् । यसै क्रममा मोरङको रतुुवामाई नगरपालिका भित्र पनि चुनावी चहलपहल बढेको छ । 

केन्द्रीय समितिले सार्वजनिक गरेको तालिका अनुसार पार्टीको महाधिवेशनको चुनाव आगामी साउन १२ गतेदेखि शुरू हुनेछ । गाउँ, नगर अधिवेशन साउन १६ गते, जिल्ला अधिवेशन साउन २६ गते, प्रदेश अधिवेशन भदौ १ र २ गते तय गरिएको छ । केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म सम्पन्न हुने जनाइएको छ ।

 

लामो समय देखि विद्यार्थी राजनीतिक गर्दै आएका नेपाली कांग्रेसका युवा नेता सुजित जैसवाल नगर सचिवमा औपचारिक रूपमै उम्मेदवारी घोषणा गरेका छन् । युवा नेतृत्वसँग सँगै खडा भएको उनको यो उम्मेदवारीले नगरमा निकै उत्सुकताको वातवरण सृजना गरेको देखिन्छ । युवा बर्गलाई समेटेर राजनीतिकको मूलधारालाई अगाडि बढाउँने उनका त्यस्ता अरु पनि विचारहरु छन । प्रस्तुत छ उहाँसँग भएको प्रत्यक्ष कुराकानी ।