रतुवामाई -९को क्रियाशिल भेला सम्पन्न 

5 0


 नेपालदृष्टि । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति नजिकिदै गर्दा नेता तथा कार्यकर्ताहरूमा चुनावी माहौल शुरू भएको छ । यसै क्रममा नेतृत्वका दावेदारहरू आन्तरिक तयारीमा सक्रिय हुन थालेका छन् ।

स्थानीय तहदेखि केन्द्रीय तहका उम्मेदवारका आकांक्षीहरू क्रियाशिल मतदाता र नेताहरूसँग भेटेर चुनावी समीकरण बनाउन थालेका छन् । यसैक्रममा मोरङको रतुुुवामाई नगरपालिका अन्र्तगत नेपाली कांग्रेस रतुवामाई ९ न.ं वडा कार्य समितिद्धारा आयोजिय बृहत क्रियाशिल भेला पनि सम्पन्न भएको छ ।

कतिपय जिल्लाहरूको मतदाता क्रियाशिल सदस्यहरूको विवाद भने अझै निरूपण भैसकेको छैन । केन्द्रीय समितिले सार्वजनिक गरेको तालिका अनुसार पार्टीको महाधिवेशनको चुनाव आगामी साउन १२ गतेदेखि शुरू हुनेछ ।

गाउँ, नगर अधिवेशन साउन १६ गते, जिल्ला अधिवेशन साउन २६ गते, प्रदेश अधिवेशन भदौ १ र २ गते तय गरिएको छ । केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म सम्पन्न हुने जनाइएको छ ।