धेरै दर्शकले मन पराए चलचित्र “द आर्टिस”

1 0


नेपालदृष्टि । कलाकार रमेश थापाको निर्माणमा बनेको नेपाली कथानक चलचित्र “द आर्टिस” नेपाल टेलिभिजनको स्क्रीनबाट सार्वजनिक भैसकेको छ । 
कोरोना भाईरस संक्रमणका कारण सिनेमा हलमा उक्त चलचित्र प्रर्दशन गर्न असमर्थ भए पछि नेपाल टेलिभिजनमार्फत दर्शक समक्ष ल्याएको कुरा निर्माता थापा बताउँछन । चलचित्र प्रदर्शन पूर्व “मै उत्ताउँली” र ट्रेलर र्सावजनिक भैसकेको थियो । उक्त गीत र ट्रेलर साईराम पिक्चर्सवाट प्रर्दशन भैसकेको छ । 
 

एउटा ब्यक्ति जो कुसल र सफल कलाकार बन्ने सपना बोकेर काठमाडौ पस्छ । त्यहाँको वातवरमा उ कसरी कलाकार वन्छ ? या उसको सपना उधुरै रहन्छ ? यस कौतुहलको भुमरीम घुमेको छ चलचित्र द आर्टिसको कथा वस्तु । जसमा मायाँ प्रेमका भावनाहरुको प्रवेशले चलचित्रलाई अझ राम्रो बनाएको छ ।
निर्माण भएको लामो समय पश्चाय प्रदर्शनमा आएको उक्त चलचित्रको निर्देशन गरेका छन युवा निर्देक जीवन शाहीले,भने हरि न्यौपानेको छाँयाकन,विरेन्द्र भाटीको सम्पादन र अर्जुन पोखरेलको कलर रहेको छ । 
चलचित्र द आर्टिसमा सुनिल गुररुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेशकुमार, तिर्सना बुढाथोकी, श्रृजना थापा, खुस्वु पौडेल,सन्तोष दाहाल, निर्मल बिष्ट, उषा खनाल, धिरेन्द्र श्रेष्ठ आदि कलाकारको कुशल अभिनय रहेको छ ।