नेपालमा टिकटक प्रतिबन्धित हुने सम्भावना(भिडियो सहित)

0 0


नेपालदृष्टि । विश्वकै चर्चित एप टिकटक छिमेकी मुलुक भारत लगायत अन्य धेरै मुलुकहरुमा त्यहाँको सरकारले प्रतिवन्ध लगाइ सकेको  छ । अहिले आएर नेपाली टिकटक आवश्यकता भन्दा बढी नाङ्गीदै गएको छ  । जसका कारण भोली दिनमा नेपालमा समेत टिकटकमा प्रतिवन्ध नलाग्ला भन्न सकिन्न । हुन त यसैलाई मध्यनजर राखेर होला नेपालमा यसको विकल्पमा भाइरल नामको एप सार्वजनिक गरेको छ ।

टिकटकको विकल्पमा भाइरल नामक छोटो भिडियो राख्न मिल्ने मोबाईल एप बजारमा ल्याईएको छ । धेरै नेपालीलाई टिकटकको बानी लागिसकेको र यो मौकामा नेपाली एप ल्याउन सके राम्रो हुन सक्ने सम्भावना भएकोले यो एप लिएर आएको कुरा नेपाली एप डेभलपर कृष्ण केसी ले बताएका छन्

एआइ को प्रयोग गरेर अश्लिल भिडियो, समाजमा नकारात्मक प्रभाव पर्न सक्ने विवादास्पद भिडियो हरुलाई अपलोडनै गर्न नमिल्ने गरी विकास गरिएको कुरा उनले पुन बताए ।

 

मोबाईल एपमा के(के छन फिचर हरु ?
भाइरल एपमा टिकटक जस्तै आफुलाई मनपर्ने गीतमा धेरै भन्दा धेरै फिल्टर प्रयोग गरेर १ मिनेटसम्मको भिडियो बनाउन सकिनेछ । च्याट, ड्विट, ट्रेन्डिङ् भिडियो समेत हेर्न मिल्ने यस एपमा आगामी महिनाभित्रै भाइरल लाइभ राखिने बताईएको छ । यस एपमा मनोरन्जनात्मक, मोटिवेशनल,गेमिङ्,शैक्षिक तथा व्यापारिक भिडियोलाई बढि प्रोत्साहन दिईने बताईएको छ ।
अहिलेलाई यसलाई पुर्णरुपमा मनोरन्जनात्मक मात्र केन्द्रित भएर विकास गरीएको यस एपमा भाइरल स्टारले आफ्नो प्रोफाईलमा विज्ञापन देखाएर पैसा कमाउन मिल्ने तरिकासमेत अहिले परिक्षण भईरहेको छ । मेशेजका साथै भिडियो र अडियो च्गाटसमेत राखिने यस एपमा हरेक मेशेज, युजर गतिविधि, पासवर्डहरु हुनेभएकोले ढुक्क भएर चलाउन सकिनेछ । 
अहिलेलाई एन्ड्रोईड मोबाईलमा मात्र उपलब्ध हुने सो एप केहिदिन भित्रै आईफोनको एपस्टोरमा समेत आउने बताईएको छ । यस एपको लक्षित वर्गको रुपमा १५ देखि २५ वर्ष उमेरका दक्षिण एशियाली मुलुकका युवा–युवतीहरु रहेका छन ।