उर्लाबारीको कांग्रेस सभापतिमा रायमाझी नै किन ?

0 0


नेपालदृष्टि ।  नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहदेखि जिल्ला र केन्द्रसम्मको नेतृत्वको लागि आकाक्षींहरू प्रचारमा लागिसकेका छन ।

चुनावी सरगर्मी बढेसँगै नेपाली कांग्रेस उर्लाबारी—९ को वडा सभापतिमा  राजन रायमाझीको चर्चा चुलिएको छ । नेपाल तरुण दल उर्लाबारीका सचिव राजन रायमाझीले पार्टीको १४औं महाधिवेशनमा वडा सभापतिमा उम्मेदवारी दिने बताए । 
सञ्चारकर्मीसँग भेटघाटमा रायमाझीले भने, ‘म पार्टीमावडा सभापतिको भुमिका कार्यसम्पादन कुशलतापूर्वक निर्भाह गर्न सक्छु । त्यसैले सभापतिमा लड्ने तयारी अघि बढाएको छु।’
 युवाहरुलाई पार्टीमा संगठित गर्दै पार्टीकै मलजलमा केन्द्रीत रहेका रायमाझी जनताको दुखसुखमा अहोरात्र खट्ने युवामा परिचित छन् । 
सभापतिमा रायमाझीले उम्मेदवारी दिएरै छाड्ने बताएका छन् ।  पार्टी संगठन बलियो बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले जानकारी दिए । ‘अहिले वडामा कांग्रेस जति बलियो हुनुपर्ने हो त्यो हुन सकेको छैन, पार्टीलाई सवल र सुदृढ बनाउन यूवाले मात्र सक्छ भन्ने मेरो दावी हो,’ उनले भने, ‘राजनीतिमा यूवाको भविष्य सुनिश्चितताका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।’ उनले आफुले मात्र पार्टी थाम्न सक्ने अरुले नसक्ने भन्ने उडन्ते कुरा नगर्न अन्य सभापतिको प्रत्यासीलाई सुझाप दिएका छन् ।

आफू जन्मजात काँग्रेस भएको र अहिलेसम्म कहिँकतै विचलित नभएर निरन्तर पार्टीको काममा अग्रसर भइरहेको उनको भनाई छ । २०५६ सालदेखि नेपाली काँग्रेसको विद्यार्थी राजनीतिमा लागेको बताउँदै उनले अरनिको माविको नेविसंघ सभापति , साबिक राजघाट ६ को सभापति , हालको मोरङ २ तत्कालिन मोरङ क्षेत्र नम्बर १ का तरुण दल क्षेत्रिय सचिव र आमन्त्रित क्षेत्रिय सदस्यको भुमिका पनि निर्वाह गरेका छन् । 

उनले भने, ‘म जन्मजात काँग्रेस हुँ भने मेरो परिवारमा नेपाली काँग्रेस बाहेक अन्य दलमा कोही आवद्ध छैनन् । विद्यार्थी जिवनदेखी नै पार्टीमा काम गरेको अनुभव म सँग छ ।’

सहि कुरामा कदापी नझुक्ने निडर र हक्की स्वभावका राजन युवा सर्कलमा  अनुभवी युवा भएको कांग्रेस कार्यकर्ताहरु बताउछन् । साथीभाईको पीरमर्कामा उनी परेको बेला सधैं अगाडी खडा हुन्छन् । कोरोना कहरमा पनि राहत र माक्स सेनिटाइजर बितरण लगायत बिभिन्न सामाजिक काममा क्रियाशिल उनी युवाहरु माझ पनि लोकप्रिय छन् । 
राजनिती पेशा होइन सेवा हो भन्ने मुल मन्त्र ठान्ने राजन यहाँका जनताका हरेक सुख दुखका सारथी हुन । आर्थिक अभावले घरमा चुला नबल्ने देखि अस्पतालमा उपचार गर्न नसकेका बिरामी तथा असाहय गरीब दुखिहरुलाइ समेत उनले निरन्तर सहयोग गरीरहेका छन । गरीब दुखिकै सेवा गरिरहेका राजन युवा व्यवसायी हुन् । त्यसैले पनि अबको आवश्यक्ता जोशिला राजनको नै रहेको आम मतदाताको भनाई छ ।
अनुभव र पार्टीलाई दिएको समयका आधारमा यसपाली आफूले सभापति पद पाउने उनको दावी छ । सहमतिको पक्षमा आफू भए पनि आफू पछाडी हटेर नेतृत्वमा सहमति गर्न नसकिने रायमाझीले स्पष्ट पारेका छन् ।रायमाझी  नेपाली काङ्ग्रेस मोरङ  १  क्षेत्रीय सभापति  तथा उर्लाबारीका मेयर खडग फागोको बिस्वासिलो पात्र मानिन्छन ।