ओरालो लागेको नेप्सेमा सुधार आउने आशा

२०७८ असार १६, बुधबार

0 0


नेपालदृष्टि । अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा नियुक्ति भएसँगै सेयर बजार फस्टाउने अनुमान गरिएको छ । नेप्सेका तत्कालीन  अध्यक्ष पदभार सम्हालेका लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि रिक्त पदमा मैनाली नियुक्ति भएका थिए । 

मैनालीको प्रवेशसँगै पछिल्लो समय लगातार ओरालो लागेको नेप्सेमा सुधार आउने आशा गरिएको छ । उनी सेयर बजारप्रति निकै सकारात्मक देखिएका छन् । 

मैनालीको आगमनले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नति हुने शेयर बजारका प्रयोगकर्ताहरुले अनुमान गरेका छन् । मैनालीले यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशकसमेत सम्माह्लेका थिए । त्यहाँ रहँदा मैनालीको निकै प्रसंशा भएको थियोे ।