निषेधाज्ञा हटाउनेबारे निर्णय हुँदै

२०७८ असार १४, सोमबार

0 0


नेपालदृष्टि । निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा आईतबार छलफल भएको थियो ।  उक्त छलफलमा थप अन्य क्षेत्रमा खुला गर्ने वा नगर्ने भन्ने विषयमा निश्कर्षमा पुग्न सकेको थिएन । त्यसैले आज पुनः बैठक बस्ने भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बस्ने बैठकले स्मार्ट लकडाउनको मोडालिटि परिवर्तनबारे निर्णग गर्ने भएको छ ।

बैंकले अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा सार्वजनिक गाडी पनि चल्न दिने भन्ने विषयमा बैठकमा छलफल गर्ने भएको छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।