दीपक मनाङे विनाविभागीय मन्त्री

0 0


नेपालदृष्टि । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् । चार जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको हो । 

नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय दावी गर्दै आएका राजिव गुरुङ ‘दीपक मनाङे’लाई भने कुनै जिम्मेवारी दिइएको छैन । जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय छन् । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए ।