प्रदेश सरकारको पूर्वाग्रहीका कारण बाटो अलपत्र

1 0


नेपालदृष्टि । मोरङको रतुवामाई नगरपालिकामा संघीय सरकार र प्रदेश सरकारले संचालन गरेका सडक सम्बन्धि आयोजना अलपत्र भएपछि स्थानीय वासी लगायत स्थानीय यात्रुहरुले सास्ती पाउदै आएका छन । 

संघीय सरकारले संचालन गरेको हुलाकी राजमार्ग आयोजनाको वक्राह खोलाको पुल देखि  रतुवानदीको पुल सम्मको क्षेत्र वर्षाको पानीले हिलाम्मे बने पछी यात्रुहरुले निकैदुःख,कस्ट भोेग्दै आएका छन ।  

त्यस्तै संघीय सरकारले प्रदेश सरकारमा हस्तान्तरण गरेको जी.पी मार्ग र मदन भण्डारी मार्गसमेतमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगरि दिएपछी सडक निर्माण कार्य अलपत्र परेको हो । 

सो विषयमा स्थानीय वासीले गुनासो व्यक्त गर्न थालेका छन् । स्थानीय निकायले ध्यान नदिदा निर्माण हुन नसकेको गुनासो सामाजिक संजालमार्फत स्थानीय वासीहरुले गुनासो पोखेका छन । यसलाई स्वभाविकै मान्नु पर्छ ।  तर त्यसको वास्ताविकता भने अर्कै रहेको छ । 

रतुवामाई नगरपालीकाको वक्राह खोलाको पुल देखि रतुवाको पुल सम्मको हुलाकी राजमार्ग मापदण्ड अनुसार समयमा सम्पन्न गर्नका लागि रतुवामाई नगरपालिका नगर प्रमुख रविन राईले पटक पटक हुलाकी राजमार्ग आयोजना निर्देशनालयलाई पत्राचार गरेको र पटक पटक कार्यालयमा गएर ताकेता गर्दा समेत  काम नगरेको बताउनु भयो । 

त्यसैगरी संघीय सरकारले प्रदेश सरकारमा हस्तान्तरण गरेको जी.पी मार्ग र मदन भण्डारी मार्गमा समेत प्रदेश सरकारले बजेटको व्यवस्था नगरे पछी अलपत्र परेको हो । 

नगरपालिकाको प्रमुख रविन राईको नेतृत्वमा मुख्यमन्त्री कार्यालयमा डेलीकेसन नै गएर मुख्यमंत्री राईको ध्यानाकर्षण गरिएता पनि प्रदेश सरकारले पूर्वाग्रही ढंगले बजेटको व्यवस्था नगरेको कारण निर्माण कार्य अलपत्र परेको छ । 

नगर प्रमुख रविन राईका अनुसार उक्त दुई योजनाको त्याँहा बाट कार्य नहुने हो भने ठेक्का रद्द गर्न वा स्थानीय सरकारलाई हस्तान्तरण गर्न समेत भनिएता पानि कांग्रेसले जितेको क्षेत्र हो उसैलाई जस जाने भनि कुनै कार्य नहोस भनि नियोजित रुपमा योजनाको कार्य बदनियत रुपमा रोकेर राखिएको बताएका छन् 

साथै यस आ.व.२०७८/७९ मा पनि बजेटको ब्यबस्थापन प्रदेश सरकारले नगरे उक्त सडकहरु नगरपालिकालेनै ठेक्का लगाई योजना सम्पन्न गर्ने बताएका छन् ।