एउटा उपन्यासबाट बनेको अश्लील चलचित्र

1 0


नेपालदृष्टि । सन् १८५६ मा प्रकाशित इभान तुर्गनेभको “रूडिन ”उपन्यासले त्यो बेलाको बौद्धिक जमातमा निकै आकर्षित र चर्चा पाउन सफल भयो । उनको उत्त उपन्यासबाट नै उनी चर्चा आएका हुन ।
तर जब उनले सन् १८६० मा फस्ट लभ लेखे, केही विवाद, असन्तुष्टि र आलोचना उनले झेल्नु पर्यो । नझेलुन् पनि कसरी ? उनले विषय नै त्यस्तो उठानी गरेका जो थिए।

हुन त यो उपन्यास तुर्गनेभको आफ्नै कलिलो उमेरको प्रेमका बारेमा थियो । उनी राजकुमारी क्याथरिन साखोभ्स्कोइसँग यति आकर्षित थिए कि उनलाई पाउनका लागि अनेक उपाय रच्छन् तर पछि उनले थाहा पाउँछन्, यी राजकुमारी त आफ्नै बाउकी रखौटी रहिछन् । यो थाहा पाएपछि उनी खङ्ग्रङ्ग हुन्छन् ।

(तुर्गनेभ प्रख्यात रुसी साहित्यकार हुन् । रुसमा १८१८ मा जन्मिएका यिनको निधन १८८३ मा फ्रान्समा भएको थियो । ‘फादर्स एन्ड सन्स’ यिनको चर्चित उपन्यास हो । यिनका लघुकथा पनि उत्तिकै चर्चित छन् । पश्चिमा साहित्यतर्फ ढल्किएको भन्दै रुसी लेखक फ्योदर दोस्तोयब्स्की र टोल्सटोयले यिनको विरोध गरेका थिए । फ्रान्सेली लेखक गुस्ताभ फ्लबर्टसँग यिनको घनिष्ट मित्रता थियो ।)

यहाँ बिहे गरेर छोरो उच्च शिक्षाका लागि शहर गएपछि एक्लो ससुरो र बुहारीबीच हुने यौनिक दुर्घटनालाई मूल विषय बनाइएको छ । यसै घटनालाई थोरै कल्पनाशीलता मिसाएर यो उपन्यास तुर्गनेभले लेखेका थिए ।

यहाँ हामीले दक्षिण भारतमा बनेको एउटा फिल्म प्रस्तुत गरेका छौँ । यसले पनि तुर्गनेभको फस्ट लभलाई आफ्नो कथानकको आधार बनाएको छ । फिल्ममा निर्देशकले शुरूमै इभान तुर्गनेभलाई यो फिल्मको प्रेरणा मानेका छन् र उनैमा फिल्म समर्पण गरेका छन् ।

निर्देशक सामीले फिल्ममा बोल्ड विषयलाई उठान गरेका छन्, जब बिहेलगत्तै कुनै पुरूष आफ्नी स्त्रीलाई छाडेर टाढा जान्छ, त्यो बेला हुने यौनिक दुर्घटनाले सारा परिवार नै क्षतविक्षत पारिदिन्छ ।