बागमतीका नेताहरुसँग देउवाको छलफल हुँदै 

0 0


नेपालदृष्टि । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफू निकटका नेताहरूसँग छलफल थालेका छन् । फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका देउवाले यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका थिए ।

स्रोतका अनुसार देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् । बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी छन् ।

सभापति देउवाको सचिवालयका अनुसार बागमती प्रदेशका नेताहरुसँग छलफल सकेर आइतबारै गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्ने तयारी रहेको छ । हालसम्मको छलफलमा देउवाले आसन्न १४औं महाधिवेशनमा आफू उम्मेदवार बन्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गर्दै आएका छन् 

शनिबार प्रदेश २ का नेताहरुसँग छलफल गर्दा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने इच्छा देखाएका थिए । तर देउवाले निधिलाई समर्थन गर्ने संकेत नदेखाएको एक नेताले बताए ।   - दृष्टि न्यूज