७ मन्त्री १ राज्यमन्त्रीको नियुक्त, सपथग्रहण 

0 0


नेपालदृष्टि। प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ नियुक्त मन्त्रीहरुको सपथग्रहण आजै अपरान्ह ४ बजे हुने भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले सात मन्त्रालयले आफैँले राखेका थिए । प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गरेका छन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् ।

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र आशा विक, वनराज्यमन्त्रीमा नाम तय भएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।

१. नारदमुनी राना, वनमन्त्री
२ .मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. खगराज अधिकारी, गृहमन्त्री
४. नैनकला थापा, संचारमन्त्री
५. ज्वालाकुमारी साह, कृषिमन्त्री
६. राजकिशोर यादव, उद्योगमन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८. आशा विक, वनराज्यमन्त्री

नेपाल पक्ष छाडेकालाई मन्त्री उपहार

 नेकपा एमालेका बरिष्ठ नेपालनेता खनाल–नेपाल समूह छोडेर अध्यक्ष केपी शर्मा ओलीतिर गणेश पहाडीले मन्त्री पद पाएका छन् । सुरुमा नेपाल पक्ष खुलेका उनी पछिल्लो दिन ओलीतिर लागेका थिए । प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद विस्तारमा सिन्धुलीका पहाडीलाई समेटेका हुन् । प्रधानमन्त्री ओलीले पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको को जिम्मेवारी दिएका छन् । जुन महत्वपूर्ण मन्त्रालय मानिन्छ । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।    - दृष्टि न्यूज