नेपाल–खनाल समूहको बैठक बस्दै

0 0


नेपालदृष्टि । नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले स्थायी कमिटीको बैठक बस्न लागेको छ ।प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न नेपाल–खनाल समूहले बैठक बोलाएको हो । 

बैठक आज बिहान ११ बजे देखि भर्चुअल मार्फत गर्न लागिएको हो ।

आइतबार प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्था अवस्थाबाट अघि बढाउन आफू तयार रहेको बताएका थिए ।  ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन नेपाल(खनाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । रिपोर्टर्स नेपाल