जातीय विभेद उन्मूलन दिवसको भ्रम र यर्थात्

रोशन नेपाली

3 0


नेपालदृष्टि । ५६ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईयो । दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रंग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

एक्काईशौ शताब्दीमा समता मुलक समाज, न्यायपूर्ण राज्य व्यवस्थापन, गणतान्त्रिक शासन प्रणाली यो राज्यमा रहेको अवस्थामा पनि जातिय विभेदकै कारण उत्पीडीत समुदाय अझै पनि ओझेलमा परिराखेका छन । तथापी, नेपालमा भएका क्रान्तिमा दलित समुदाय वर्गले पनि उत्तिकै योगदान लिएको पाईन्छ । राज्य व्यवस्था र सत्ता प्राप्तिको लागि विभिन्न रुपमा योगदान र वलीदान दिए पनि खास जातिय र वर्णानुसारको आधारमा उच्च ओदामा उत्पीडीत र पिछाडिएका समुदाय र वर्गलाई माथि उक्लनुको सट्टा पछाडिनै धकेलिएको स्थिति र भोगाइका विगतका जलन्त उदाहरणहरु छन ।

संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन् भनेर सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ । नेपालले पनि सन् १९७१ मा महासन्धीको अनुमोदन गरिसकेको छ । त्यसयता नेपालमा विभेद भोग्दै आएको दलित समुदायलले आज हामीले सार्प भिल्लेमा भएको आततयी घटनामा मारिएका योद्धाहरुको सम्झनामा अन्तर्राष्ट्रिय जातिभिेद विरुद्धको दिवस मनाउने गरिएको छ ।

दलित शब्दको परिवर्तन र यसको विकल्प खाजिरहेको अवस्थामा जातिय र शब्दावली भित्रको दलित शब्द भन्दा,मन मनस्थिति र सोच परिवर्तन हुनु अत्यन्तै जरुरी छ । तव मात्र छुवाछुत उन्मूलन दिवश मनाउँनुको औचित्य हुन सक्छ । अहिलेको अवस्थामा कागजी शब्द परिर्वतन भएर मात्र पुग्दैन । उपभोक्तावादी चिन्तनको अन्त्य हुनु पर्दछ ।

सचेतात्मक संगठित र एककृत दलित आन्दोलनले राज्य,राजनीतिक दल र नागरिक समाज लगायत अन्य तहसँगै तप्का संघ,दवावमूलक जागरणको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्नु आजको आवश्कता हो । यसका लागि विगतबाट हामीले हाम्रा पुर्खाहरुको बलिदानी र त्यागबाट बुझ्न जरुरी छ । 

३५ सय वर्ष अघि स्थापना गरिएको वर्णवादी ब्यवस्था,२२ सय बर्ष अघि मनुले स्थापना गरेको व्राह्मणबाद चिन्तन, ७ सय बर्ष अघि जयस्थीति मल्लको पालामा भएको हिन्दु धर्म तथा व्राह्मणवादी मिसनबाट १८ वटा जात बनेको १८२५ मा पृथ्वीनारयण शाहको मनुवादी अभियानमा नेपालमा ३६ वटा जात वनाईयो । 

१९०३ मा पछि जंगवहादुर राणाले शुरु गरेको शासनकालमानै दलित वर्गको विभेद सृजना भएको र २००७ साल सम्म नेपालमा १२५ वटा जात बनेको र विभेद हुँदै आएको वास्तविकता देखिन्छ ।

देशले दलित,उत्पीडित समूदाय माथि लागेको कुरीति,कुसस्कारका दागहरु मेट्याउँने उनीहरुको अस्मिता जोगाउँने, जातिय ससम्मान दिलाउँने, सवैमा आस्था र विश्वासको विउ जगाउँने अनी उत्पीडनमा परेका गरिव दुःखी असाय जनताको छातीमा उत्पीडन मुक्तिको वाटो चिर्न सक्ने भावना र आशाको अंकूर उमार्ने खालको सामाजिक परिर्वनको अहिलेको मुल आवश्यकता हो । 

मुलुकले पनि यस यात्राको निम्ति सदैव इमान्दारीपूर्वक लागिपर्ने असल ब्यक्तित्व दलित नेता खोजि रहेको छ । यस अभियानमा हामी सवै जुट्न सक्यौ भने, मात्र जातिय छुवाछुत विभेद रहित समाजको कल्पना सहितको जातीय विभेद उन्मूलन दिवस मनाउनुको औचित्य रहन्छ । 

लेखक : रोशन नेपाली,दलित अभियन्ता