जेठ २४ गते बजेट अधिवेशन गर्ने प्रदेश १ सरकारको निर्णय

0 0


नेपालदृष्टि । आगामी जेठ २४ गते प्रदेश १ सरकारले बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार  बसेको मन्त्रीपरिषदको बैठकले जेठ २४ गते २ बजे बर्खे अर्थात बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले वताए ।   

असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ । बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था छल्न सरकारले अध्यादेश ल्याएको हो।

कोरोना महामारीका कारण सरकारले पुर्व बजेट छलफलको अवधि छोट्याउन बुधबारमात्रै आर्थिक कार्यविधी ऐन (दोस्रो संसोधन) अध्यादेश जारी गरेको थियो ।
उक्त अध्यादेश अनुसार विनियोजन विधेयक पेश हुनु ५ दिन पहिले पुर्व बजेट हुनेछ । प्रदेश सरकारले प्रत्येक