यो निषेधाज्ञामा कति नेपाली स्वदेश फर्किए र गए ?

0 0


नेपालदृष्टि । मुलुकमा दोस्रो चरणको निषेधाज्ञा सुरु भएपछि १० हजार ९ सय ३२ जना नेपाली स्वदेश फर्किएका छन् । मे महिनाको शुरुवातदेखि नै नेपालमा निषेधाज्ञा शुरु भएको हो । मे महिनामा नेपालवाट विदेश जान चाहने १३ हजार १ सय ५८ जना नेपाली विदेश गएका थिए ।

भारतसँगको नियमित उडान नरोकिएका कारण अन्य देशसँगको हवाइ यात्रा बन्द भएपनि यात्रु ठूलो संख्यामा देखिएको हो । 

यसबीचमा अन्य मुलुकमा भने चार्टर्ड उडान मात्र भएका छन् ।विभागको तथ्यांक अनुसार एक महिनामा ५८० भारतीय नागरिक नेपाल आएकामा नेपालबाट भने ४ हजार ७७७ जना भारतीय नागरिक हवाईमार्गबाट दिल्ली फर्किएका छन् ।