झुर्किया अस्पताललाई अक्सिजन कन्सन्टे्टर हस्तान्त

2 0


नेपालदृृष्टि । रतुवामाई नगरपालिका स्थित झुर्कियामा रहेको कोभिड १९ अस्पतालको लागि प्रेम गुरागाँई ले नगरप्रमुख रविन राईलाई अक्सिजन कन्सन्टे्टर हस्तान्तर गर्नु भयो । प्रदान गरिएको उक्त अक्सिजन कन्सन्टे्टर मेशिन नगर प्रमुख राईले अस्पताल पुगी ग्रहण गर्नु भएको थियो ।   
प्रेम गुरागाँई तत्कालीन इटहरा गाउँ पन्चायतका प्रधानपन्च तथा मोरङ्ग जिल्ला बिकास समितिका पुर्ब सभापति समाज सेवी डिल्लीराम गुरागाईका ज्वेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँ रतुवामाई नगरपालिका-९ स्थायि बासिन्दा हुनुहुन्छ । 

“रतुवामाई नगरपालिकाका जनताको स्वास्थ्य सेवाको लागि निरन्तररुपमा समर्पित नगरप्रमुख रविन राईको नगरवासीप्रति भैराखेको जिम्मेवारपूर्ण अग्रसरता देखेर ममा यो मेसिन प्रदान गर्ने इच्छा जागेको थियो,र अहिले मेरो मनोकामना पुरा भएको छ ।” समाजसेवी डिल्लीराम गुरागाँई बताउँनु हुन्छ । यस्तो कभिडको महामारीमा नगरमा यो मेसिन अहिलेको लागि अत्यन्तै आवश्यकता हो, र यो सही सदुपयोग हुन्छ भन्ने मैलै विश्वास लिएको छु पुनः गुरागाँई बताउँनु हुन्छ । 

यस्तो अवस्थाको सिर्जना नगरवासीहरुमा नहोस भनी नगरप्रमुख राई निरन्तर प्रत्यक्ष,अप्रत्यक्षरुपमा नगरवासीको हेरचाहको निमित्त वडाका विभिन्न स्वास्थ्य चौकीहरुमा अवलोकन गरिराख्नु भएको छ । स्वास्थ्य चौकीहरुमा चाहिने उपकरणहरु र आवश्यक स्वास्थ्यकर्मीहरुको पनि आवश्यक पहल गरिराख्नु भएको छ । 

स्वास्थ्यचौकीमा विरामीको अवलोकन गर्दै नगरप्रमुख राई ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या दिनानुदिन बढिरहँदा सरकारको स्वास्थ्य प्रणालीमाथि आम मानिसहरुको चर्को आलोचना पनि भैराखेको छ ।
यता घण्टै पिच्छे सङ्क्रमितहरूको वृद्धिसँगैअक्सिजन दिनु पर्ने र आईसीयूमा राख्नु पर्ने बिरामीको सङ्ख्या रफ्तारले बढिरहेको छ । अस्पतालले शय्या अभावमा कतिपय सङ्क्रमितलाई बाहिरै राखेर उपचार गर्नु पर्ने अवस्थाले मुलुकका जुनसुकै ठाउमा अझ त्रसित र भयावहको स्तिथि सृजना भएको छ । 

यस्तो अवस्थाको सिर्जना नगरवासीहरुमा नहोस भनी नगर प्रमुख राई निरन्तर प्रत्यक्ष,अप्रत्यक्षरुपमा नगरवासीको हेरचाहको निमित्त वडाका विभिन्न स्वास्थ्य चौकीहरुमा अवलोकन गरिराख्नु भएको छ । स्वास्थ्य चौकीहरुमा चाहिने उपकरणहरु र आवश्यक स्वास्थ्यकर्मीहरुको पनि आवश्यक पहल गरिराख्नु भएको छ । 

“अहिलेको विषम परिस्थितिमा नगरवासीको स्वास्थ्यको हेरविचार गर्नु मेरो कर्तब्य मात्र होइन जिम्मेवारी पनि हो ।” नगरप्रमुख राई बताउँनु हुन्छ 

एम्वुलेन्सको व्यवस्थापनको तयारीमा नगरप्रमुख रविन राई।