जसपाका चार जनालाई २४ घण्टे स्पष्टीकरण

0 0


नेपालदृष्टि। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

यसअघि जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै यादवले अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन शनिबार केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेको हो ।

दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन भनिएको पत्रमा जवाफ नदिए पार्टीबाट निष्कासनसम्मको कारबाही गर्ने चेतावनी समेत दिइएको छ । स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधानअनुसार कारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।   - दृष्टि न्यूज