पछिल्लो राजनीति घटनाबारे भारतले के भन्यो ?

0 0


नेपालदृष्टि। भारतले नेपालको पछिल्लो राजनीति घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले भने, ‘त्यो नेपालको आन्तरिक मामिला हो, जो आफैँ समाधान गर्छ ।’

 

त्यस्तै नेपालले अहिलेको समस्या आफै समाधान गर्नपर्ने पनि भारतीय विदेश मन्त्रालयको भनाइ छ । ‘नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

Our response to media queries on recent political developments in Nepal:https://t.co/lLpkm2uXzw pic.twitter.com/OVlUbqb8U6

— Arindam Bagchi (@MEAIndia) May 26, 2021

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालगायत सन्दर्भलाई लिएर नेपालभित्रै विदेशी चलखेलजस्ता टिप्पणीहरु हुन थालेपछि भारतले प्रतिक्रिया जनाएको हो । तर, आन्तरिक मामिला भएपनि छिमेकी देश भएको नाताले नेपालमा पछिल्लो राजनीति घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको प्रवक्ता अरिन्मद बागचीले बताए ।

पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता बागचीले भने, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’   - दृष्टि न्यूज