भौडाहामा पिसिआर टेस्टको लागि हरेक आईतवार खुल्ला

0 0


नेपालदृष्टि । झुर्किया अस्पतामा विरामीको संख्या कम देखिए पनि भित्रभित्रै कोरोना भाईरस संक्रमितको संख्या भने दिन दिनै बढदै गएको छ । जसका कारण रतुवामाई नगरपालिकामा थपः ३२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १२२ पुगेको छ ।

“अहिले खुलेर वाहिर हिड्ढुल गर्ने, भीडभाड गर्ने, भोज भतेर गर्ने,उत्सव मनाउँने जस्ता कामहरु ठप्पै गर्रौ । शंका लागेको ब्यक्तिलाई पिसिआर टेस्टको लागि सुलभ वातवरणको सृजना गरौं । आज हामी रह्यो भने न भोली फेरी काम गर्न सक्छौ । त्यसैले आफू पनि बचौ र अरुलाई पनि बचाऔ । स्वस्थ्य नगरको सृजानामा जुटौं ।” नगर प्रमुख रविन राईले वताउँनु भयो ।

उक्त रोगको लक्षण देखिएका विरामीहरु अझै पनि अस्पताल आएर पिसिआर टेस्ट गर्न अनकनाई रहेका छन । यातायतको असुविधा र दुरीको हिसावले पनि यस्तो हुन सक्ने समस्यालाई आकलन गर्दै  नगर प्रमुख रविन राईले रतुवामाई नगरपालिका स्थित भौडामा रहेको स्वास्थ्य चौकीमा कोभिड १९ अस्पतालसँग सँगै पिसिआर टेस्ट परीक्षणको लागि जेष्ठ ९ गते आईतवारदेखि खुल्ला गरिएको छ । हरेका आईतवार १० बजे देखि १२ बजेसम्म पिसिआर टेस्ट गरिन्छ । पिसिआर टेस्ट गराउँने विरामीले विहान ११ बजे सम्म आफ्नो नाम लेखाई सक्नु पर्ने छ ।