८ वडामा कति विरामी छन, के गर्दै छन ?

0 0


नेपालदृष्टि । हाम्रो मुलुक मात्र नभएर बिश्वनै “कोभिड १९”को महामारीले आक्रन्त छ । देशका बिभिन्न ठाउहरुसँगसँगै हाम्रो नगरपालिका पनि यो प्राण घातक रोगवाट नगरवासीहरु त्रसित र भयावह भएका छन । यो रोगको आक्रमणले छिमेकी मूलुकमा भारतमा अत्यधिकरुपमा मानिसहरुले ज्यान गुमाई रहेका छन । यसैको प्रभावले हाम्रो मुलुकसँगै बिभिन्न गाउ ठाउँमा धेरैले अकालमा ज्यान गुमाई सकेका छन । 

यस्तो विषम परिस्थितिमा आफ्ना नगरवासीलाई कसरी सुरक्षित र शुस्वास्थ्य राख्न सकिन्छ र यसको अतिआवश्यक पक्षहरुमा जस्तै रतुवामाई नगरपालिकाको झुर्कियामा रहेको “कोभिड १९”अस्पताल १५ बेडबाट विस्तार गरेर ३० अक्सिजन सहित बेडको स्थपना सँगसँगै भौडाहा स्थित स्वास्थ्य चौकीमा पनि “कोभिड १९” अस्पतालको विस्तार सम्वन्धित विषयमा केन्द्रित रहेर रतुवामाई नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष नन्दकुमार चापागाँईसँग कुराकानी भएको थियो प्रस्तुत छ त्यसको प्रत्यक्ष भिडियो ।