कामुकतानै सफताको सिडी हो ?

5 0


नेपालदृष्टि । मान्छेको सौन्दर्य भित्रको कामुकताले नै सबैको मन उसै तिर खिच्छ। मनोरञ्जनको क्षेत्रमा त झन सौन्दर्य र कामुकताको आवश्यकता झनै हुन्छ। यिनै आकर्षककै कारण मानिस चर्चाको शिखरमा पुगिरहेको हुन्छ।

अहिले आफ्नो सुन्दरताकै कारण एक युवती सिङ्गो एशिया महादेशमा चर्चा कमाइरहेकी छन्। सिरियल, रियालिटी शो र वेबसिरिज मार्फ तग्लामर दुनियाँमा छिरेकी निया शर्मा आफ्नो हट फोटो सुटका कारण एशियाको दोस्रो सबैभन्दा सेक्सी महिलाको रुपमा चर्चा पाइरहेकी छिन्। 

यस अघि सन् २०१६ मा उनी तेस्रो स्थानमा थिइन्। सन् २०१५ मानियाले विभिन्न फेशनइभेन्ट सम्बन्धि काम गरेर नाम कमाइन्। मोडलिङ, ग्ल्यामर र हटनेसको मामलामा उनले थुप्रै बलिउड नायिकालाई पनि पछि पारेकी छिन् । उनको चर्चाअहिले सबै तिर छाइरहेको छ

निया शर्मा मनोरञ्जन जगतको चर्चित नाम पनि हो। उनको टेलिभिजन करियरको शुरुवात “काली–एकअग्नि परीक्षा”बाट भएको हो । त्यस पछि सन् २०११ मा बहराइन सिरियलमा उनले निशा मेहताको भूमिका निभाइन्।

सन्२०११–१३कोबीचमा आएको सिरियल‘ एक हजारोमे मेरीबहना है’बाट निया शर्माको लोक प्रियता बढ्न थाल्यो। सन् २०१४ देखि  २०१६ बीच नियाले रोशनी पटेलको भूमिका निभाएकी थिइन्।उक्त सिरियलको जमाई राजा नाम थियो।

त्यस पछि खतरोंका खेलाडीको आठौं सिजनमा निया शर्मा देखिएकी थिइन्।त्यस पछि उनको ग्ल्यामर  पहिचानले नयाँ उचाईं पायो।सन् २०१७ माएशियाको ५०सबैभन्दा सेक्सीमहिलाको सूचीमा नियाले दोस्रो स्थान हासिल गरेकी थिइन्।