सावधानी अपनाउँनुनै पहिलो आवश्यकता हो (भिडियो सहित)

1 0


नेपालदृष्टि । अहिले विश्वनै कोभिड १९ को महामारीले आक्रान्त छ । आम नागरिकहरु त्रसित बनेका छन । कोरोना भाईरस रोकथामको खोप निस्कनुसँगै दास्रो चरणको यो रोग झन भयावह भएर फैलिरहेको अवस्था छ । यही रोगको कारण छिमेकी मुलुक भारतमा लाखौको अकालमा ज्यान गईराखेको छ । यस्तो विसम परिस्थीतिमा आफ्ना नगरबासीलाई कसरी सुरक्षित राख्न सकिन्छ र वडाको विकासको गतिको विषयमा केन्द्रित रहेर नेपालदृष्टि अनलाइन पत्रिकाले रतुवामाई नगरपालिका वडा नं.१० का वडा अध्यक्ष टंक ढकालसँग कुराकानी गरेको थियो । प्रस्तुत छ भिडियो सहित त्यसको केही अंश :

अहिले तपाईको वडामा कोरोनाको कस्तो स्थीति देखिएको छ ?

अहिले सम्म हाम्रो वडामा त्यस्तो अप्ठ्यारो स्थीति आईहालेको चाही छैन । अघिल्लो पटकको स्थीतिमा नगरमा सयौं मान्छे संक्रमित भैरहदा पनि यस वडामा लगभग एक, दुई जनामा मात्र सिमित भएको थियो । त्यस बेला हामीले कोराना भाइरसको प्रकोपलाई नियन्त्रणमानै राखेका थियौं । अहिले पनि नियन्त्रणका लागि विशेष पहल त भैराखेकै छ । यसरी अहिले सम्म विरामीको त्यस्तो नाजुक स्थीति आउँन नसक्नु हाम्रो सौभाग्य पनि हुन सक्छ अथवा हाम्रो मेहनतको प्रतिफल पनि हुनसक्छ ।

कोरोना भाईरसबारे वडामा कस्तो खालको जनचेतना जगाउँदै हुनुहुन्छ ?

संमग्रह हामीले नगरबाट,संघीय सरकार र प्रदेश सरकारको तर्फबाट जे जती निर्देशन प्राप्त भएको छ । त्यही बमोजिमनै हामी चल्ने गरेका छौं । सामान्यतया वडाले भिन्दै योजना बनाएर त्यस्तो काम संचालन चाही गरेको छैन । तर पनि जे जस्ता निर्दशनहरु प्राप्त हुन्छन त्यसमा कन्जुसाई नगरी त्यसलाई कार्यन्वयनको पाटोमा तजारुकताका साँथ लागेका छौ । यस अवस्थामा वडा बासीहरु पनि निकै इमान्दारी र अनुशासित भएकै कारणले अरु वडाको हिसावले यो वडा कोरोना भाइरसको जोखिममा निकै कम देखिन्छ ।

वडामा तत्कालै कोरोनाको विरामी फेला पर्न गयो भने त्यसको लागि के सोच्नु भएको छ ?

हामी नगरसँग समन्वय गरेर सामान्य तया नगरलेनै व्यवस्थापन गरेको एक्वुलेन्सनै उपभोग गर्ने छौ । किनकी यस्ता खाले विरामी अरु एम्वुलेन्सले बोक्न मान्दैनन् ।विशेष नगरपालिकालेनै व्यवस्था गरे अनुसार कादुपाँडा र सौठास्थित दुई वटा एम्वुलेन्स प्रायः हामीले प्रयोग गर्दै आएका पनि छौ । यसैको सहयोगले हाम्रो झुर्कियामा रहेको  कोभिड १९को अस्पतालमा भर्ना गर्ने व्यवस्था छ । त्यस पछि विरामीको अवस्था हेरी अन्यत्र जिल्लाका अस्पतालमा लैजाने योजना पनि छ ।

सन्दर्भलाई अलिक फरक राखौ, विकास र कार्ययोजनाको क्रममा अन्य वडा भन्दा यस वडाले अलिक छलाङ्ग मारेको देखिन्छ । त्यसको वारेमा केही वताईदिनुहोस न ?

मलाई लाग्छ हाम्रो यो वडामा स्वभावैले जे जति वजेट समयमै विन्योजित भएर आउँदा यहाका जनताहरुले भरपुर सदुपयोग गरेका कारणले गर्दा पनि हुन सक्छ । यो नगरपालिका पुनसंरचना भएर रतुवामाई नगरपालिका बन्नु अगावै केही हदसम्म वडाको तुलानामा पनि तुलात्मकरुपले अलिकति विकाशितनै देखिन्छ । र पहिल्लो समयमा पनि जे जति बजेटहरु विनियोजित गर्दै गयौ त्यो पनि समय सान्र्दभिक थियो । नगर मात्रै नभएर प्रदेश,संघिय सरकारसँग पनि केही हदसम्म विकासका योजनाहरुका लागि सहयोग माग्यौ । त्यसै अनुसार केही वजेट र योजनाहरु हामीलाई प्राप्त भएका पनि छन । तिनै वजेट र योजनाहरुको सही सदुपयोग हुदाखेरी तुलानात्करुपमा भैतिक पूर्वधारका हिसावमा अन्य वडा भन्दा अलिक अग्रण्ी स्थानमा छैकी भन्ने लाग्छ । र अरु वडामा पनि नभएको चाही होइन ।

विकास सँगै वडामा वसाईसराईको चाप पनि निकै बढेको देखिन्छ । त्यसलाई कसरी कार्यान्वयन गर्दै हुनुहुन्छ ?

कुनै पनि नगर सहरीकरण हुदै जादा डेनसिटी बढ्ने र अटोमेटिक केही रोजगारीका अवसरहरु पनि निर्माण क्षेत्रमा बढी मिल्ने भएकोले गर्दा पनि यस वडामा वस्तीको चाप वढेको हो । मूलत ः आर्थिक कमजोरीपनले गर्दा नै मान्छे बसाई सरेको हुन्छ । त्यसैले जहाँ रोजगारको सुनिश्चित हुन्छ त्यहीनै मानिस बसाई सरेको हुन्छ । तर पनि अहिले सम्म व्यवस्थितनै देखिएको छ । त्यस्तो तल्काल समस्या नभएपनि भविश्यमा त्यसको हामीले ब्यवस्थापनको सोच बनाएका छौ ।

वडालाई अझ संमृद्धिको विकासतर्फ डोहो–याँउने हाल त्यस्ता केही योजनाहरु छन ?

योजनाहरु मात्र बनाएर हुदैन । त्यसलाई सम्वोधन गर्ने वजेट ब्यवस्थापनको पनि पाटो हुन्छ । नगरमा वडालाई वितरण हुने एक मुष्ट बजेट भनेको सवै तिर समानुपातिकरुपमा एउटै दरले जाने र नगरले फेरी भिन्दै आफ्ना नगर योजना भनेर पनि वजेट वितरण गर्ने परम्परा छ । र सो अन्र्तगत अलिकति कमै यो वडालाई वजेट विनियोजित हुदै आएको मैले महसुस गरेको छु । तर पनि हामीले प्रदेश सरकारवाट पनि थुप्रै मर्मत सम्भारका बजेट अन्र्तगत रहेर बाटोघाटोहरुका थुप्रै कामहरु गर्दै आएका छौ ।

र, अन्त्यमा कोभिड १९ को संक्रमणबाट बच्न नगरवासी तथा वडाबासीलाई कस्तो संन्देश दिन चाहनुहुन्छ ?

अहिले कभिड १९ले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्था छ । यसवाट बच्न हामीले सुरक्षा सावधानीहरु इमान्दारीता र आत्मसाथ पालना गर्नु पर्छ । त्यसको पूण उपचारको निमिक्त मूलुक सक्षम छैन । सकेसम्म रोग लाग्न दिनु हुदैन । यसका लागि हामी सवै सचेत रहनु पर्छ । आफू पनि बचौ र अरुलाई पनि बचाउ ।

विस्तुत जानकारीको लागि प्रस्तुत छ भिडियो ।