कोरोनासँग लड्न हामी सवैको सहयोग अनिवार्य छ

1 0


नेपालदृष्टि । हिले विश्वनै कोभिड १९ को महामारीले आक्रान्त छ । आम नागरिकहरु त्रसित बनेका छन । कोरोना भाईरस रोकथामको खोप निस्कनुसँगै दास्रो चरणको यो रोग झन भयाभ भएर फैलिरहेको अवस्था छ । यही रोगको कारण छिमेकी मुलुक भारतमा लाखौको अकालमा ज्यान गईराखेको छ । यस्तो विसम परिस्थीतिमा आफ्ना नगरबासीलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर रतुवामाई नगरपालिकाले तत्काल मिटिङ राखेको थियो । यसै विषयमा केन्द्रित रहेर नगरप्रमुख रविन राईसँग नेपालदृष्टि अनलाईन पत्रिकाले कुराकानी गरेको थियो । प्रस्तुत छ त्यसको केही अंश :
   
दोस्रो चरणमा फैलिएको कोराना भाईरस रोकथाम सम्वन्धित यहाँहरुको तत्काल मिटिङ बसेको थियो । त्यसले के कस्ता निर्णहरु गह्यो ?
     यो अहिले पछिल्लो समयमा दोस्रो चरणको यो कोरोना भाईरस फेरी देखिएर हामी कहाँ फैलिदै आएको छ । त्यस कारण गम्भिरतापूर्वक सर्तकता अपनाउँनु पर्छ भन्ने कुरामा जोड दिएका छौ । विषेशत हाम्रो सिमा क्षेत्रमा गम्भिरतापूर्वक निगरानी गर्ने । त्यहाँको आवत जावतमा बढी सर्तकता अपनाउनुपर्ने देखिन्छ । र त्यही अनुसार हामीले पनि निर्णय गरेका छौ । 

कस्तो प्रकारको निगरानी ?

       वोडरको पारिपर्टीबाट यात नेपालतर्फ आउँने सवारी साधनहरुलाई जोखिमको हिसावले बन्देज लगाउँने । र अर्को तर्फ अहिले विषेश गरेर यो रोग बालबालिकामा बढी प्रभाव परेको देखिन्छ । त्यस कारणले पनि लगभग एक हप्तासम्मको लागि सवै शिक्षण संस्थाहरु बन्द गर्ने भन्ने निर्णंय गरेका छौ । र सँगसँगै सार्वजनिकरुपमा बाहिरी बजार,हाट, घुम फिर सवै ठाउहरमा अनिवार्यरुपमा स्वस्थ्य सुरक्षाको पूर्णरुपले सर्तकता अपनाउने । त्यसको निम्ति मास्कको प्रयोग गर्ने गराउँने भनेर निर्णय गरेका छौ ।

यस्ता निर्णयप्रति जनमानसको आपक्तिप्रति  कस्तो धारण राख्नु भएको छ ?
     यस बारे धेरै कुराहरु नगरवासीहरुले पनि बुझिसक्नु भएको छ । गत बर्ष चैत्रदेखि नेपाल सरकारले लकडाउन घोषणा गरिसके पछि हामीले पनि त्यही अनुसार स्थानियतहका नगरपालिकाहरुले त्यसलाई निरन्तरता दियौ । त्यो अवधीमा पनि आम जनसमूदायले एवं नगरवासीले त्यसलाई इमान्दारिताकासाँथ पालना गरेर हामीलाई साँथ दिनु भएको थियो । र त्यहि कारणले गर्दा पनि हाम्रो नगर क्षेत्रमा न्यून मात्रामा कोरोना संक्रमित विरामीहरु सकुशल निको भएर घर फर्कनु भयो । 
  यस पटक पनि अझ भयानक फैलिरहेको यो रोग विशेषगरी छिमेकी राष्ट्र भारतमा जुनरुपमा कोलाहल मच्चिएको छ । जुन त्यहाँ विकरालरुपमा फैलिएको छ । जसका कारण लाखौ संक्रमित हुने परिस्थीति निर्माण भएको छ । मलाई लाग्छ यो परिस्थीतिको आलोकन सबै नागरबासीहरुले गर्नु हुने छ । सवैले नगरले गरेको यो अपिललाई स्वीकार गर्नु हुनेछ । यो भयानक कोभिड १९बाट हामी बाँच्न सक्यौ भने निश्चितरुपमा भोली केही गर्न सक्छौ । र यो अत्यन्तै भयानक तथा गम्भिररुपको सरुवा रोग हो । त्यसैले स्वस्थ्य सावधानी अपनाउनु पह्यो । यो सबैमा विदितै भएको कुरा पनि हो । त्यसैले आम नगरबासीले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड भित्र रहेर आफ्नो काम कारवाही गर्र्नु हुने छ भन्ने मैले पूर्ण विश्वास राखेको छु ।
 

अहिले विशेषगरी विहेको सिजन छ । यसका बारेमा के कस्ता निर्णयहरु राख्नु भएको छ  ?
      हो, अहिले विशेष गरी विहेको सिजन छ । यसमा मानिसहरुको ठुलै भीडभाड हुने नै छ । त्यसमा पनि विशेष गरी हाम्रो भेगका वडाहरु भारततर्फ विवाह बन्धनको सम्वन्ध अलिक वढी रहने प्रचलन पनि छ । अव त्यसमा गर्दै नर्गनुहोस भन्न पनि सकिदैन । त्यो परम्परा र संस्कृति विरोधी पनि भैइएला । त्यस कारण पनि अव कसरी सुरक्षित भएर गर्न सकिन्छ ? जस्तै थोरै र निश्चित जन्ति जाने, धेरै भिडभाड गर्दै हर्ष उल्लासकासाँथ
उत्सव नमनाउने । सबैले मास्क र सेनिटाइजरको प्रयोग गर्दै सामाजिक दुरी कायम राखेर उत्सव मनाउँने । अझ सिमित दुई चार जना मान्छेहरुकोविचमा अथवा पारिवारिकरुपमा मात्रै त्यस्तो खालको कार्यक्रम गर्ने । र अन्य सभा सम्मेलन कार्यक्रमहरु, राजनीतिक भेला जस्ता कार्यक्रमहरु गर्न र गराउन नेपाल सरकारले बन्देज गरिसकेको हुनाले त्यसमा हामीले थप बोलिरहनु केही पनि परेन । त्यसलाई कडाईका साँथ इमान्दारीपूर्वक हामीले पालना गन’ु पह्यो  
होटल ब्यवसायहरुको हकमा कस्तो निर्णय भयो  ?
    होटल ब्यवसायीहरुले निश्चित समय अवधीसम्म होटल खोल्न र बन्द गर्ने । आउँने ग्राहकको भिडभाड नगराउने । आएका ग्राहकहरुलाई सामाजिक दुरी कायम गराएर सबैलाई अनिवार्यरुमा मास्कको प्रयोग गराउने । ब्यवस्थीतरुपमा खान पिनको ब्यवस्थापन गराउँने । अवेर सम्म होटल,पसल नखोल्ने । 

पहिलो चरणमा कोराइनटाइनको व्यवस्था थियो । अहिले विरामीलाई कस्तो ब्यवस्था गर्नु भएको छ ?
   अहिले हाम्रो नगर अस्पताल झुर्कियामा छ । र सँगसँगै अस्थाई कोभिड अस्पताल पनि छ । हामीले त्यसलाई अझै थप वेड र अक्सिजनको विस्तार गर्ने भएका छौ । अहिले थप अक्सिजनहरु पनि राखेका छौ । अस्पतालभित्र थप जनशक्तिको पनि विस्तार गर्ने र अस्पताललाई आवश्यक ब्यवस्थीत विस्तार गर्ने कुराहरु प्नि निर्णय गरेका छौ । र त्यससँगसँगै हाम्रो सिजुवा र ईटहरामा रहेका दुई वटा वथ सेन्टरहरुमा पनि थप ब्यवस्थीत गर्ने भन्ने कुरामा निर्णय भएको छ । 
 समग्रहमा भन्नु पर्दा :
  यो मानव सभ्यतामाथिकै ठुलो संकट एंव चुनौतिकै रुपमा हामीमा यो कोरोना भाईरस कर हावी भएको छ । त्यसैले हामी सवैले सर्तक भएर यसबाट बच्नु र बचाउँनु पर्छ । विषेश गरी हाम्रा बालबालिकाहरुलाई जोगाउँनु पर्ने छ । त्यसैले सवै क्षेत्र र पक्षबाट आम नगरवासीहरुले स्वास्थ्य सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।