“यो आसार अगावै बाटो ग्राब्लिंग हुने छ” अध्यक्ष चापागाँई

0 0


नेपालदृष्टि । रतुवामाइ नगरपालिका वडा नं.८अन्तरगत बन्दै गरेको बाटो पहिलो चरण लगभग समाप्त भएको छ । जुन नगरपालिकाकै सवै भन्दा लामो दुरीको र गुणस्तरीय बाटोको रुपमा बन्दै गरेको छ ।  

लगभग २७ करोडको बजेटमा निर्माण हुँदै गरेको उक्त बाटो तिन बर्षको अवधीमा सम्पन्न गर्ने निर्णय बमोजिम तिब्ररुपमा कार्य भैराखेको र अझै बाँकी रहेको डेढ बर्ष अवधीमा पूर्णरुपले बाटो पिच हुने कुरा वडा अध्यक्ष नन्दकुमार चापागाँइले बताउँनु भयो ।  

“बाटो समय अवधी अगावै निर्माण कार्य सम्पन्न भैसक्थ्यो । तर केन्द्र,प्रदेश र ठेकदारको ढिला सुस्तीका कारण नगरबासीले धेरै दुःख पाउँनु भएको छ । तर पनि यो आसार अगावै बाटोलाई ग्राब्लिंग सम्म गरेर केही राहत गराउँने प्रयासमा म लागिरहेको छु ।” अध्यक्ष चापागाँईले पुनः बताउँनु भयो । 

यसरी नमूनाकै रुपमा निर्माण हुदै गरेको यो भब्य बाटोप्रति अतिनै जिम्मेवारीपूर्ण लागि पर्नु भएका वडा नं.८ का अध्यक्ष नन्दकुमार चापागाँईसँग यस बाटाको बारेमा अरु धेरै कुराकानी भएको थियो । हेर्नु होला प्रत्यक्ष भिडियो ।