कस्तो थियो दुइको मेलमिलाप ?

पूजा हमाल

0 0


नेपालदृष्टि । कुनै एउटा गाउँमा एक दाजु र बहिनी एक-आपसमा साह्रै मिलेर बस्थे । उनी दुइको मेलमिलाप देखेर गाउँलेहरू सब छक्क पर्थे । कुनै कुनैले त झिजो मानी डाहा समेत गर्थे भने कतिपय उनीहरूसँग खुशी पनि थिए । उनीहरूका बुबा-आमा पनि थिएनन् न त सम्पत्ति नै जोडजाम गरेका थिए । त्यसैले आर्थिक अवस्था एकदमै कमजोर थियो । एकदिनको कुरा हो- आफ्नै गाउँका थुप्रै केटाकेटीहरू पढ्न स्कुल जाँदै गरेको दृष्यलाई देखेर बहिनी अञ्जुलाई पनि पढ्ने चेतना जागृत भएछ । यो कुरा उनले मौका छोपेर आफ्ना दाजु रमेशलाई बताइन् –

“दाजु, मलाई पनि विद्यालय पढ्न जाने मन लागेको छ । विद्यालयमा हाम्रा उमेरका धेरैजसो दाजुभाइ दिदीबहिनीहरू पढ्न स्कुल जाँदा रहेछन् हामी कति अभागी रहेछौं।”

यति भन्दै अञ्जुले आँखाबाट बररर आँसु झारिन् ।

बहिनीको बलिन्द्रधारा आँसु देखेर रमेशले शान्त्वना दिंदै भन्यो – “बैनी, तिमी स्कुल जान्छ्यौ भने म मिहिनेत परिश्रम गरी तिम्रो पढाइ खर्च जुटाउन सक्छु, तिमी केही दिनसम्म धैर्य गर म बहिनीलाई अवश्य पढाउँछु ।”

फुर्सदका बखतमा रमेश काम खोज्दै गाउँगाउँमा डुल्थ्यो । एकदिन बेलचुडी गाउँका मुखियाका घरमा पुगेछ र सोधेछ – “मुखियाजी कहाँ हुनुहुन्छ ?”

“ए को बालक हो ?” मुखियाले सोधे ।

“म कामको खोजीमा हिंडिरा’छु मलाई काम गर्ने अवसर दिनुहोस्” भनेर बिन्ती ग¥यो ।

मुखिया शान्त र दयालु स्वभावका थिए । उनले प्रश्न सोधे-

“बाबु तिम्रो घर कहाँ हो ?”

“मेरो घर गैरी गाउँ हो ।”

“तिम्रो नाम नि ?”

“रमेश हो ।”

“तिम्रा बाबु-आमा कहाँ छन् ?”

“मेरा बाबु-आमा ५ वर्ष अघि स्वर्गवास हुनुभएको हो अलिअलि कुरा मात्र थाहा पाउँछु । हामी दुई भाइबहिनी छौं । मेरी बहिनीले पढ्न साह्रै इच्छा देखाएकी हुनाले म यहाँ काम खोज्न आएको हुँ ।”

“बाबु तिमी यति माया लाग्दा मृदुभाषी रहेछौ तिमीसँग म ज्यादै प्रभावित भएँ । मेरा घरमा पनि ५ सन्तान छोराछोरीमध्ये कुनै पनि बाँचेनन् । म सन्तानबिहीन भएर निराश जीवन व्यतित गरिरहेको छु । यो दैवको लिला पनि बडो बिचित्रको हुँदो रहेछ । कसैलाई आमाबाबु नभएको पीडा त कसैलाई छोराछोरी नभएको पीडा यस्तै रहेछ जिन्दगानी” भन्दै आँसु झारे ।

“बाबु रमेश, मेरा घरमा पनि बाबुनानी छैनन् त्यसैले तिमी आफ्नी बहिनीलाई लिएर आऊ तिमीहरूको पालन पोषण गरी म पढाउँछु र लेखाउँछु । कूलरत्नकै रुपमा राखेर एक बाबुको धर्म निर्वाह गर्छु ।”

रमेश घर गयो र बहिनी अञ्जुलाई फकाएर साथमा लिई मुखियाबाको घरमा बस्न आइपुग्यो ।

मुखिया धनवीरले भोलिपल्टै ती दुईलाई स्कुलमा भर्ना गरिदिए । त्यसदिनदेखि उनीहरू खुबै मिहिनेत र लगनका साथ पढ्न थाले । ती हुँदाहुँदै पछि गएर रमेश चाहिं इन्जिनियर बन्न सफल भयो भने बहिनी अञ्जु पनि त्यस्तै पढेर डाक्टर भइछन् । अहिले त त्यस गाउँभन्दा पनि दाजु रमेश र अञ्जु बहिनीको नाम दूर देशसम्म चिनिन पुगेको छ साथै मुखिया धनवीरको नामले पनि त्यत्तिकै बखान वा चर्चा पाएको छ ।

पूजा हमाल
कक्षा-८, वर्ग (ख)
समताशिक्षा निकेतन
शिवमन्दिर, नवलपरासी


(भाई बैनी हो । तिमीले पनि कवित, कथा र निवन्धहरु लेखेका छौ भने हामीलाई पठाँउ । राम्रो लेख रचनालाई हामी छापिदिने छौ । अ ! तिम्रो आफ्नो फोटो र आफू पढेको स्कूलको ठेगाना पठाउँन नविर्सिनु है ।

हाम्रो ठेगाना : नेपालदृष्टि अनलाईन पत्रिका ।
Fb page : nepal dristi / som sanu
Email : nepaldristi7@gmail.com