मानव सेवा आश्रम भवन शिलान्यास (फोटो फिचर)

२०७८ बैशाख ८, बुधबार

2 0


८ बैशाख,नेपालदृष्टि । मानव सेवा आश्रमको नयाँ भवन गायिका  आनी छोइङ डोल्माले शिलान्यास गर्नुभयो । कविर सेवा आश्रमले विराटनगर–५ मा मानव सेवा आश्रमका सहयोगापेक्षीलाई  व्यवस्थित बसोबासका लागि उपलब्ध गराएको छ कट्ठा जमीनमा बुधबार उक्त भवनको  विधिवद शिलान्यस गरिएको हो ।  

उक्त शिलान्यास  कार्यक्रममा  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानव सेवा आश्रमको बारेमा जानकारी दिनुभयो  ।

सडक जीवन बिताइरहेका सहयोगापेक्षीका लागि रु २२ करोडका लागतमा ५५ कोठाको तीन भवन  उक्त स्थानमा निर्माण हुनेछ ।  तस्बिर : मनोज दाहाल,रासस