मान्छे

सरस्वती कटुवाल

0 0



नेपालदृष्टि । समाज र जीवनका आन्तरिक तथा बाह्य यथार्थलाई कलात्मक भाषाशैलीद्वारा अभिव्यक्त गर्दा साहित्यको जन्म हुन्छ । साहित्यका पनि कविता, नाटक, आख्यान, निबन्धजस्ता विविध विधाहरू छन् । यी विधिहरूमध्ये कविता अत्यन्त प्राचीन मानिन्छ । विश्वसाहित्यमै यो विधा समृद्धशाली देखिन्छ । यो विधा मुक्तकदेखि महाकाव्यसम्मका स्वरूपमा रचिन्छ । मूलतः कविता विधा लेखकीय कथनका प्राधान्यमा पद्य (गद्य कवितासमेत) का लयात्मकताका आधारमा परिचित हुन आउँछ । यस क्रमा कवियत्री सरस्वती कटुवालले गद्य कविता लेखेकी छन मान्भछे शीर्षक दिएर ।


मान्छे
अनिदो असन्तुष्टिको सिरानी बेचेर मान्छे 
नपाउछ सुनौलो भबिश्य बिहानी बेचेर मान्छे।

कस्ले बुज्छ र यहाँ एक एकाअर्काको पिडा 
दिन दिनै धनी बन्दै छ अर्काको इमानी बेचेर मान्छे।

न पाउछ सुख र शान्ति, न पाउछ चैन 
बन्दै छ आज दिनहुुँ ठुलो, अर्काको पसिना बेचेर मान्छे।

उज्यालो प्रकाश छोडि अध्य्यारो बन्दकी राख्दै छ 
कतिन्जेल बाच्ला र खै खरानी बेचेर मान्छे।

आधी हुरि जस्तै एक्छिन आएर एक्छिन मै जाने त हो 
खै के गर्दै छ आज , आफ्नै जवानी बेचेर मान्छे ।

नासिन्छ होला यो संसार सजाउन नपाउदै
धन सम्पत्ति कुलतमा , आफ्नै इज्जत बेचेर मान्छे।
                   

सरस्वती कटुवाल
रतुवमाई नगरपालिका ९ , इटहरा