गीत, सङ्गीतनै मेरो जिन्दगी बन्यो–गायक बल बहादुर गुरुङ

3 0


नेपाली गीत, सङ्गीतमा पछिल्लो समय आफ्नो अलग्गै पहिचान बनाउन लागि परेका गायक छन् बल बहादुर गुरुङ । २०६० साल  बाट निरन्तर लागी परेका गुरुङले अहिलेसम्म एक दर्जन भन्दा बढी गीत श्रोता माझ पस्किसकेका छन् ।धादिङ, जिल्लाको खरी ( ९  जौबारीमा २०४० र०२र०९ गते बाबु राम बहादुर गुरुङ र आमा निर्मला गुरुङको कोख बाट एक्लो छोराको रुपमा जन्म लिएका गायक गुरुङको ३ जना बहिनीहरु छन् । गायक गुरुङ को धेरै गीतहरु आएता पनि किन हुन्छेउ ठुली ,गुराँस फुलेसी बनै अर्को भयो ,पुर्णिमा को जुन लाएझैँ ,सालै जो भाका बैसालु 


जोवन, लोक दोहोरी गित बिष घोलेर साथै तिजको गित जिम्बल बाउको आगनी गीतहरु केहि चर्चामा छन् । गितको मर्म अनुसार आफ्नैपनको भाका दिने  उनले बताए सांगीतिक क्षेत्रमा सधै निरन्तर लागि रहने र अरु कुनै योजना नरहेको बताउने गायक बल बहादुर गुरुङ  बि बि ले निरन्तर गीतहरु बजारमा ल्याउने क्रममा भर्खरै मात्र मौलिक पञ्चे बाजा गित  बाजा तालैले  त्रिबेणि नेपाल फिलिम्स मार्फत बजारमा सार्बजानिक गरेको छ र लगतै नया बर्षको अबसर पारि नया बर्ष २०७५ सालको शुभकामना सहित नया लोक दोहोरी गित ९बिछोड० त्रिबेणि नेपाल फिलिम्स बाट नै दर्शक स्रोता माझ ल्याउने तयारि गरिरहेको कुरा गायक गुरुङ्गले बताए।    

गित गाएर मात्र नहुने रहेछ प्रचार प्रसार र मिडियाको कमि हुदा आफ्नो स्रृजनाले जुन स्थान पाउनु पर्ने हो त्यो नपाउदा आफुलाई दुख्ख लागेको र आज भोलि त सुन्नि खालको गित भन्दा पनि हेर्ने खालको गितको समय आएकोले हामी जस्ता गायकलाई थप समस्या परेको गुरुङ  भन्छन । आफ्नो पूरै जिन्दगी गीत, सङ्गीतको क्षेत्र बाहेक अन्यत्र नसोचेको बताउँने गायक बल बहादुर गुरुङ ‘मेरो जीवन यसैमा समर्पण गरेको त्रिवेनी नेपाललाइ  सुनाए ।