लोकतान्त्रिक योद्धालाई सम्मानको प्रारम्भ (फोटोफिचर)

6 0


नेपालदृष्टि । नयाँ वर्ष २०७८ को शुरुआतसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र र राष्ट्रका लागि बलिदान दिने र जीवन आहुति दिन तयार हुने योद्धाहरुलाई ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा सम्मान गर्नु भयो ।

प्रधानमन्त्री ओलीको समुपस्थितिमा कूल ३८१ लाई लोकतान्त्रिक योद्धा सम्मान गरिएको थियो । त्यसमा १७६ बहिर्गमित लडाकुसहित दुई जनआन्दोलनका शहीद, १८ सशस्त्र सङ्घर्षका शहीद, ४७ सेनातर्फका शहीद, ४१ प्रहरीतर्फका शहीद, सशस्त्र प्रहरीतर्फ १६, राष्ट्रिय अनुसन्धानतर्फ तीन र मधेश आन्दोलनका २० शहीद परिवारलाई सम्मान गरिएको थियो । अन्य सम्मान प्राप्त गर्नेमा विभिन्न आन्दोलनमा सहभागी भएर घाइतेरअपाङ्गता भएका रहेका थिए ।

समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, संविधानसभाका सभामुख सुवास नेम्वाङलगायतको सहभागिता थियो । गृहमन्त्रालयको समन्वयमा लोकतान्त्रिक योद्धा अभिलेखीकरण तथा सम्मान समितिले उक्त सम्मान समारोह आयोजना गरेको थियो ।

“अहिले पनि शहीदका परिवार आवासविहीनका अवस्थामा छन् भने आवास उपलब्ध गराउने, घर बनाउनका लागि जमिन छैन भने भूमि आयोग र भूमि मन्त्रालयमार्फत कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसका लागि हामी सोचिरहेका छौँ,  र त्यसको पनि लगत लिने काम शुरु भएको छ“प्रधामन्त्री ओलीले बताउँनु भयो ।” 

आन्दोलनमा योगदान दिने व्यक्तिलाई खोजी–खोजी तथ्यका आधारमा सरकारले उचित सम्मान दिने र उक्त अभियान निरन्तर अघि बढ्ने र बलिदानपूर्ण सङ्घर्षको इतिहासलाई सरकारले नविर्सिएको कुरा पनि प्रम ओलीले बताउँनु भयो ।  तस्वीर : गोरखापत्र दैनिक