मेटिदैनन् चाहाना

0 0


नेपालदृष्टि । समाज र जीवनका आन्तरिक तथा बाह्य यथार्थलाई कलात्मक भाषाशैलीद्वारा अभिव्यक्त गर्दा साहित्यको जन्म हुन्छ । साहित्यका पनि कविता, नाटक, आख्यान, निबन्धजस्ता विविध विधाहरू छन् । यी विधिहरूमध्ये कविता अत्यन्त प्राचीन मानिन्छ । विश्वसाहित्यमै यो विधा समृद्धशाली देखिन्छ । यो विधा मुक्तकदेखि महाकाव्यसम्मका स्वरूपमा रचिन्छ । मूलतः कविता विधा लेखकीय कथनका प्राधान्यमा पद्य (गद्य कवितासमेत) का लयात्मकताका आधारमा परिचित हुन आउँछ । यस क्रमा कवि सोम सानु लेगद्य कविता लेखेका छन चाहना शीर्षक दिएर ।


नश्लीय पीडा बोकेर,
अनिश्चित यात्राको तय छ,
समन्द्री छालझै भित्र भित्रै,
छचल्केर विलिन झै सपनाहरु
विचलित प्रेमीहरुको त्यो पीडाझै,
उत्सर्गमा समर्पित भएझै,
प्रेम प्यास आफैमा भएझै,
त्यही प्यास र वासनामा विलिन भएर,
सायद,उ फेरी अरुमा सामिप्य छ,
रहर र पीडाको अनौठो अनुभूति बोकेर,
प्रेम पन्छी मनको वेगमा उड्दै छ,
नपाईने हो की भन्दै आतुर छ,
तर केही गुम्ने हो की? भित्रै त्रासमा छ,
यही छट्पटी मेट्याँउन,
रित्तिए भावनाका ती प्यालाहरु, 
यसै अर्ध वोहोसीमा बर्वराहट हुन्छ,
त्यही चाहना,त्यही भावना र प्यासहरु ।
(सोम सानुको प्रकाशोन्मुख कविता संग्रह “सुनको मयूर”बाट)