ओलीको कदमनै निरंकुशकता छ (भिडियो सहित)

0 0


नेपालदृष्टि । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गर्दै मुलुकका सबै स्थानीय तहमा विरोध प्रदर्शन कार्यक्रम गर्दै आएको छ । यसै क्रममा मोरंग जिल्लाको रतुवामाई नगरपालिकाको झुर्किया ३ मा नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति मोरंग,क्षेत्र न. २ (क)ले विरोध सभा गरेको छ ।


नेपाली जनताले लामो तपश्या र संघर्षले ल्याएको नेपालको संविधान ओलीका हटकीका कारण आज संकटमा परेको छ । ओलीले जसरी चुनावको मिति तोकेका छन, त्यसमा नेपाली कांग्रेसलाई आपत्ति छैन । किन की आगमी चुनावमा नेपाली कांग्रेसले सजिलैसग दुई तिहाई ल्याएर सरकार बनाउन सक्छ । 

नेपाली कांग्रेसले चुनावको डरले बिरोध गरेको होइन । तर पनि नेपाली कांग्रेसले के को लागि प्रम ओली कदमप्रति विरोध गरिरहेको छ त, भने संविधानको रक्षाको लागि हो । यसरी हचुवाको भरमा संविधानलाई लत्याउने रच्याँत्ने काम ओली सरकारले गरेको कुरा नेपाली कांग्रेसका युवा नेता टेकनाथ घिमिरेले बताउनु भयो ।

उक्त विरोध कार्यक्रममा ओलीले गरेको निन्दनीय कदमप्रति युवानेता घिमिरे अरु के के बताउन चाहन्छन, हेर्नुुहोस नेपालदृष्टि टिभीले तयार पारेको प्रत्यक्ष भिडियो।