नेपाली भूमि संरक्षणको एउटै आवाज “हाम्रो माटो” (भिडियो सहित)

1 0


नेपालदृष्टि । गायक अमृत खातीको शब्द तथा गायक एवं राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ बोलको म्यूजिक भिडियो युट्यूवमार्फत सार्वजनिक भएको छ । कोरोना भाइरसको महामारीसँग जुधिरहेका अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर जाने बाटाको औपचारिक उद्घाटन गरेपछि नेपाली भूमिको संरक्षणमा सबै जुट्नका लागि उक्त गती सार्वजनिक गरिएको हो ।

गायक खातीले आज भन्नुभयो, “नेपालको भूमि हुँदै भारतले मानसरोवर जाने सडक बनाएको सुनेपछि मनै सिरिङ्ग भयो, आफ्नै छाती थिचिएझैँ महसुस भयो, त्यसपछि गीतमार्फत आवाज उठायौँ ।”

नेपाली भूमिको संरक्षणका लागि सार्वजनिक भएको गीतमा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, विक्रमजङ्ग शाह, सिर्जु अधिकारी, अनु अधिकारीको आवाज भरिएको छ । गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ । यसैगरी रेकर्डिङ र मिक्सिङ सञ्जय शृपालको रहेको छ । देशभक्ति गीतको निर्देशन र सम्पादन हुम गैरेले गर्नुभएको छ ।
सरकारले अहिले नेपालको आधिकारिक नयाँ नक्सा जारी गरिसकेको छ । गायक खातीका अनुसार गीतमा उठान गरिएका शब्दहरुले सबै नेपालीका लागि हौसला र उत्प्रेरणा प्रदान गर्न सक्ने विश्वास लिइएको छ ।

हेर्नुहोस,म्यूजिक भिडियो