गोविन्दपुरको बिषयमा के भन्छन नगरप्रमुख राई ? (विज्ञप्ति सहित)

2 0


नेपालदृष्टि । गोविन्दपुर बजारमा चिया पसल गरी बस्ने गंगा भगतको रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईले हुकुमी र गुण्डागर्दी शैलीमा घर भत्काइदिको र मुलुकमा कोरोना भाईरसको महामारीले ल्याएको लकडाउनले जीवन कष्टकर बनिरहेको बेला बास उठाएर बिचल्ली पारेको उल्लेख गर्दै राई विरुद्ध चार दलले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरेका छन ।

तर यस विषयमा कानूनीरुपमा नगर प्रमुख राई मान्न तयार छैनन् । उनका अनुसार :- “भगतको २ कट्टा १३ धुर मध्ये ४ धुर जग्गा गोविन्दपुर बजारमा पर्ने र त्यसभित्र उनले निर्माण गरेको टहराको टाटीबार बजार व्यवस्थापन समितिका सदस्यहरुले निकालेर एक ठाँउ राखिदिएको मात्र हो ।” 

तत्तकाल भगत स्वयम् बजार व्यवस्थापन समितिको अध्यक्ष भएको बेला निर्माण गरेको बजार क्षेत्रको नाला भन्दा बाहिर टहरो बनाउँदा बनाउँदैको अवस्थामानै नगरपालिकाले त्यसो नगर्न जानकारी गराएको थियो । तर उनले वेवास्था गरेपछि बजार व्यवस्थापन समितिले टाटीबेरा फुकालिदिएको मात्र हो । त्यसमा त्यस्तो कुनै भैतिक क्षती र दुब्र्यवहार पनि भएको छैन । पूर्ण जानकारी तवरलेनै यो कार्य गरेको मेयर राई बताउँछन ।  

“गंगा भगतसँग ३५ वर्षदेखि मित्रता रहदै आएको हो । पार्टीगत हिसावले पनि सहयोग भएकै हो । समझदारीरुपमा काम बढाउँनु पर्छ । उनलाई मैले ब्यक्तिगतरुपमा पनि सम्झाएको हो । सानो कुरालाई लिएर यसरी विवादमा आउनु राम्रो पनि होइन । यो मेरो कुनैै ब्यक्तिग कार्य पनि होइन । हुन त व्यक्तिका नाममा दर्ता कायम रहेका धेरै जग्गाहरु सरकारी क्षेत्रमा पर्छन । आमबारीदेखि उर्लाबारीसम्म हेर्दै जाने हो भने धरै व्यक्तिका नाममा रहेको जग्गाहरु सडकको क्षेत्राधिकारभित्र पर्छ, के अब त्यहाँ घर बनाउन मिल्छ ? त्यसैले मलै कानूनी दायरासँगै समझदारीमा आउन खोजेको मात्रै हो ।” मेयर राई बताउँछन ।

बजार परिसरबाट हटाइएको टहरो

 “२०३८ सालमा साविक गोविन्दपुर बजारमा बक्राहा खोला पसेपछि यो ठाँउमा बजार सारिएको हो । स्थानीयबासीलेनै जग्गा दिएरै बजार बसाइएको हो । आफूले दिएको जग्गा धेरैले बजारका नाममा रजिस्ट्रेसन पास गरिदिएका छन ।  कति जनाले जग्गा बैंक र सहकारीमा धितो राखेकाले पास गरिदिई सकेका छैनन । गंगा भगतले किनेको जग्गा मध्ये ४ धुर बजारमा पर्छ । उनले त्यो जानीजानी किनेका हुन । उनले पनि पास गरिदिनु पर्ने हो । अहिले आएर उल्टै त्यहाँ घरटहरा बनाउन थाले । नगरपालिकाले उनलाई यसो नगर्न पटकपटक सचेत गराउँदै आएको हो। बजारको संमग्र ब्यवस्थापन मिलाउँन गरिएको सामान्य प्रयास मात्र हो । तर यसलाई यत्रो रडाको मच्याँनुको म कुनै अर्थ देख्दिन । मेयर राइ बताउँछन ।

कोरोना भाईरसको महामारीसँगै लकडाउनको यो अवस्थामा सबैको सहयोग र सदभावको जागरुततामा साँथ दिनुको अलवा यस्तो सानो कुरालाई राजनीतिक विषयबस्तु बनाउँन राजनीतिक दलहरुले धमिलो पानीमा माछा मार्न थालेको भन्दै मेयर राईले दुखेसो व्यक्त गरेका छन। 

घट्ना स्पस्ट छ । कतै लुकाईएको पनि छैन । सारा जनताले चाहे जति बुझ्न र जान्न सकिन्छ । वास्तविक घट्नाको निचोडमा नपुगी आफ्नै ब्यक्तिगत बिचारमा बहकिएर कुनै सल्लाह र समहतिमा नआई बिषयबस्तुलाई अतिरञ्जित तवरले विज्ञप्ति र्सावजनिक गर्नु भनेको दरिद्रता मानसिक प्रस्तुत गर्नु हो । राइले बताए । 

  चार राजनीतिक दलको संयुक्त प्रेस विज्ञप्ति