लकडाउनमै विराटनगर–धरान ६ लेन सडक निर्माण कार्य सुरु

0 0


नेपालदृष्टि । अहिले प्रदेश १ मा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणको काम धमाधम हुँदैछ । लकडाउनका कारण रोकिएको विस्तारको काममा अहिले ३५ भन्दा बढी मजदुर खटिएका छन् । सडक अन्तर्गतको पुल निर्माणमा पनि त्यति नै संख्यामा मजदुर खटिएका छन् ।

यो सडकको सुनसरी र मोरङको सिमानामा पर्ने बुढीखोलाको पुल निर्माण र सुनसरीको इटहरी र दुहवी नगरपालिका सिमानामा पर्ने सडक निर्माणको काम शुरु भएको हो । उक्त सडक निर्माण आर्थिक वर्ष २०७५÷२०७६ भित्र गरिसक्नुपर्नेछ ।

 विराटनगरदेखि सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । आयोजनाको अहिलेसम्म ६२ प्रशितत काम सकिएको छ 

सडक निर्माणमा खटिएका मजदुरको नियमित ज्वरो जाँच, निर्माणस्थलमा स्यानिटाइजर र साबुनपानीले हातधुने व्यवस्था गरिएको छ । मजदुरलाई सामाजिक दुरी कायम गरेर सडक निर्माणमा लगाउने र उनीहरुलाई घर जान नदिई निर्माण कम्पनीकै क्याम्पमा राख्ने गरेको छ ।