तत्काल भारतमा २४ घण्टामा ३८ जनाको मृत्यु

0 0


नेपालदृष्टि । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ,भने संक्रमित हुनेको संख्या पनि ११ हजार ४३९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा एक हजारभन्दा धेरै संक्रमित फेला परेका हुन् ।

भारतमा कोरोना भाइरस ९कोभिड-१९० बाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ 
 

भारतको महाराष्ट्रमा कोरोना भाइरसको प्रभावित सबैभन्दा बढी देखिएको छ,भने अहिलेसम्म एक सय ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने  दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ ।

दिल्लीमा ३० जना र गुजरातमा २८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा एक हजार ३०६ जना संक्रमित निको भइसकेका छन् । त्यस्तै मध्य प्रदेशमा ५० जनाको यो भाइरसको कारण मृत्यु भएको छ ।