राहतमा अनियमित भएको कारण आफूखुशी राहत बाड्न मनाई

२०७६ चैत्र २३, आईतबार

1 0


२३ चैत,नेपालदृष्टि । कारोनाको सम्भावित संक्रमणका कारण प्रतिकूल अवस्थामा सरकारले लकडाउन घोषणा गरेको हो जसका कारण दैनिक ज्यालादारी गरेर खानुपर्ने समुदाय निकै ठुलो समस्यामा परेको छ । यसै अन्र्तगत असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, विपन्न तथा असहायहरूलाई दैनिक जीवनयापन गर्न स्थानीय तहबाट राहत उपलब्ध गराउने काम सुरु भैराखेको छ । 

स्थानीय तहले वितरण भएको राहतको दैनिक विवरसमेत मन्त्रालयमा पठाउनुपर्ने र सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषलाई समेत एकद्वार बनाउने निर्णय गरिसकेको छ ।

 

कोरोनाबाट प्रभावित नागरिकको नाममा अहिले निजी तथा सरकारी संघसस्थाले आफूखुशी राहत बाड्न थालिरहेको देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न निर्देशन दिएको हो ।

कोरोना नियन्त्रण तथा उपचारका नाममा अर्को कोष बनाउन नपाइने र सरकारले बनाएको कोषमै सबै रकम जम्मा गर्नुपर्ने निर्णय सरकारले गरेको छ । उठिसकेको पैसा पनि सोही कोषमा ल्याउनुर्ने प्रावधान रहेको छ ।