(कोभिड–१९) को रोकथाम कोषमा घिमिरेको नगद सहयोग 

२०७६ चैत्र १६, आईतबार

2 0


नेपालदृष्टि । मोरंग जिल्लाको रतुवामाइ नगरपालिकाले (कोभिड–१९) को रोकथाम, उपचार र प्रतिरक्षाका लागि स्थापना गरेको कारोना भाइरस संक्रमणबाट रोकथाम विपद् कोषमा मोरंग नं.२ का राप्रपाका क्षेत्रिय अध्यक्ष तथा रतुवामाई नगर विकास समितिका अध्यक्ष एवं समाजसेवी टेकनाथ घिमिरेले रु.५५००÷–नगद जम्मा गर्नु भएको छ । 

रतुवामाइ नगरपालिकाले स्थपना गरेको(कोभिड–१९) कोरोना भाइरसको संक्रमण कालको यस बिपद कोषमा यस नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्यकर्ता एवं समस्त महानुभावहरुमा आफूले सक्दो आर्थिक सहयोग गर्नुहुन हार्दिक अनुरोध पनि घिमिरेले गर्नुभएको छ । 

यस विपद घडीमा अध्यक्ष घिमिरेले सहयोग र सर्तकताको अत्यन्तै आवश्यकता हुने हँदा सबैले लक डाउनको नियमलाई मानी सहयोग गर्न अनुरोध गरेका छन । साँथै रतुवामाइ नगरपालिकाले स्थपना गरेको(कोभिड–१९) कोरोना भाइरसको संक्रमण कालको यस बिपद कोषमा यस नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्यकर्ता एवं समस्त महानुभावहरुमा आफूले सक्दो आर्थिक सहयोग गर्नुहुन हार्दिक अनुरोध पनि घिमिरेले गर्नुभएको छ ।