“म्याग्दी काली दोभानमा” बोलको म्यूजिक भिडियो युट्यूवमा (भिडियो सहित)

1 0


नेपालदृष्टि । युवा गायिकद्धय झलक “विरही” थापा तथा सर्मिला सिर्पालीद्धरा गायिएको “म्याग्दी काली दोभानमा” बोलको दोहोरी गीतको म्यूजिक भिडियो हालै युट्यूवबाट सार्वजनिक भएको छ ।
झलक “बिरही” थापाको संगीत रहेको उक्त म्यूजिक भिडियोको लय पनि गायक थापाकै रहेको छ भने शब्द विपिन पौडेलको रहेको छ । तिलक रोका मगरको निर्देशनमा बनेको उक्त म्यूजिक भिडियोमा ईन्द्र जिसीको एरेन्ज रहेको छ ।

कठै वरा १ जीउँदो लास भैगयो।।छरिदियौं खरानी,
तिम्रोलागि मरेको लास हुँ मै पनि,
म्यग्दी काली दोभानमा...।

गीतमा अभिनय गर्ने अगावै गायक तथा कलाकार विपिन पौडेल

अर्थात्, माया प्रेमको वियोगान्तक पीडालाई सहजताकासाँथ शब्द संयोजन गरिएकोे यो गीतमा कलाकार विपिन पौडेल, विवश पौडेल, मिलन बिश्वकर्मा, सोपिया शिरपालीले निकै कुशलताकासाँथ अभिनय गरेकाछन् । गीत सान्र्दभिक मात्रै होईन आफ्नै मौलिकताभित्रको परिवेशलाई पनि उत्तिकै उजागर गरेको देखिन्छ ।

गीतमा प्रेम प्राप्ति मात्र होइन बलिदान पनि हो भन्ने एक किशिमको सन्देश दिन खोजेको छ यो नै गीतको अहिलेको शान्र्दभिक पक्ष हो । गीतमा आफ्नै परिवेशको भौगोलिक छटाहरुलाई पस्कनुनै गीतको अर्को बिशेषता रहेको छ । जसले अहिले नेपालमा भैराखेको भिजिट नेपालको अभियानलाई अप्रत्यक्षरुपमा भएपनि आन्तरिक पर्यटकहरुलाई आर्कषित गर्ने देखिन्छ ।