सिन्धुपाल्चोकका नमुना बस्ती कस्ता छन ?(भिडियो सहित)

0 0


नेपालदृष्टि । सिन्धुपाल्चोक जिल्ला २०७२ सालको भूकम्पको सबै भन्दा प्रभावित क्षेत्र हो । यहाँ अहिले ३० एकीकृत बस्तीहरु निर्माण भैराखेका छन । यसरी बनेका र बन्दै गरेका सबै जसो बस्ती निजी आवास अन्र्तगतबाटनै निर्माण भएका हुन । 
   श्वेता श्री फाउण्डेसनको सहयोगमा चोैतरा साँगचौकी गढी नगरपालिका,१४, झ्याडीमा एकीकृत नमूना माझी बस्ती निर्माण भएको छ । जसमा २९ घरहरु निर्माण भईसकेका छन । ठाँउ अनुसार बनेका सुन्दर र चिटिक्क परेका ती नमूना माझी घरहरुमा भुकम्प पीडितहरु बस्न थालेका छन । 
   त्यस्तै मेलम्ची नगरपालिका १०,मा अर्को एकीकृत माझी नमूना बस्ती पनि रहेको छ । अस्थायी एक कोठे घर बनाएर सरेका भूकम्प पीडितले घर पुरा गर्ने क्रममा पक्की घर बनाईरहेका छन । जसमा ४६ वटा घरहरु रहेका छन । कोही कोही ले त्यहि एक कोठे अस्थायी घरमा नै जिविका चलाईरहेका छन । 
    हेलम्वु गाउँ पालिका २ मा पनि एकीकृत नमूना बस्ती निर्माण भैराखेको छ । पहाडको डाडामा बनेको त्यो बस्ती बढाउँने क्रममा केहि पहाडलाई फोरेर केही घरहरु बनिरहेका छन । जसमा ४० वटा घरहरु निर्माण भैसकेका छन । 
    मेलम्ची नगरपालिका ११ स्थित थाक्लेमा एकीकृत नमूना बस्ती निर्माण भैराखेको छ । यो वस्तीमा जम्मा ३१ वटा घरहरु निर्माण भैसकेका छन । त्यहाँ पूर्वधारको काम पनि भैराखेको छ । जसमा बाटो र रिटेनिंगवाल पनि बनिरहेका छन । प्रत्येक घरका एक जनाको दरले श्रमदान गरेर उक्त घरहरु निर्माण गरेको कुरा उक्त थाक्ले एकीकृत नमुना बस्तीका अध्यक्ष खिलबहादुर तामा ले वताएँ । 

यी सुन्दर बस्तीमा १६ वटा सरकारी भवन बनेका छन । जसमा ३ वटा स्वस्थ्य चौकी निर्माधिन अवस्थामा छन । पूर्व ध्वस्त भएको सदरमुकाम चौतारा लगाएतका अधिकांश गाउँबस्ती उठिसकेको छन ।


  यस एकीकृत नमुना बस्तीको अर्को बिशेषता हो प्रत्येक घरको बुईकल पनि रहेको छ । 
   त्यस्तै जुगल गाँउपालिका १ सेलांगमा अर्को बस्ती छ । त्यहाँ १९ घरहरु बनेका छन । यहाँ अधिकांश तामांग समुदाएका घर हरु छन । हरिया घरका छाना भएका सुन्दर घरहरु १ करोड ३७ लाख ७५ हजार रुपैयाँ खर्चेर बनाईएको कुरा जुगल सेलागं एकीकृत बस्तीका अध्यक्ष  सोवले तामांग बताउँछन । 
   सिन्धुपाल्चोकका सबैजसो एकीकृत बस्तीहरुमा सामुदायिक भवनहरु बनिरहेका छन । त्यहा रहेका अरु एकीकृत बस्तीहरु पनि निर्माण कार्य भैराखेको छ । जसमा ९० प्रतिशत निर्माण भैसकेको र बाँकी १० प्रतिशतमात्र रहेको कुरा राष्टिय पुननिर्माण प्राधिकरण अन्र्तगत जिल्ला आयोजना कार्यन्वयन एकाई (भवन)का प्रमुख सन्तोष निरौलाले बताए । 
यी सुन्दर बस्तीमा १६ वटा सरकारी भवन बनेका छन । जसमा ३ वटा स्वस्थ्य चौकी निर्माधिन अवस्थामा छन । पूर्व ध्वस्त भएको सदरमुकाम चौतारा लगाएतका अधिकांश गाउँबस्ती उठिसकेको छन । यसरी एकमुस्ठ भएर बनेका सिन्धुपाल्चोक जिल्लाका अधिकांश नमुना बस्तीहरु सुन्दर मात्रै नभएर साँच्चिकै नमुना नै देखिन्छन । 

हेर्नुहोला नमुना बस्तीको भिडियो