प्रदेश १ का बिभिन्न स्थलमा प्रहरीद्धारा आगो ताप्ने ब्यवस्था

0 0


नेपालदृष्टि । तिन दिन देखि बढेको चिसोले तराईमा जनजिवन निकै प्रभावित छ । प्रदेश १ का अधिकांश जिल्लाहरुका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था प्रहरी कार्यालयहरुले स्थानीय तहसंगको समन्वयमा बिभिन्न स्थानमा आगो बालेर ताप्ने ब्यबस्था मिलाएको छ । 

पैदल यात्रु लागाएत आम नागरीकहरुलाई न्यानोको अनुभुती गराउन प्रदेश प्रहरी कार्यालय बिराटनगरले सबै इलाका प्रहरी कार्यालयहरुलाई स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने ब्यबस्था मिलाउने आदोश दिएको छ । 

कार्यक्रम अनुसार आज बिहानै देखि तराईका झापा, मोरङ र सुनसरी जिल्लामा ३०० भन्दा बढी स्थानमा आगो बालेर ताप्ने ब्यबस्था मिलाईएको छ । बिभिन्न प्रहरी कार्यालयहरुले स्थानीय तहसँगको समन्वयमा बिभिन्न स्थानमा आगो बालेर ताप्ने ब्यबस्था  पनि मिलाएको थिया ।

तस्वीर- हिमत डटकम