नगरपालिकाले किशानलाई निरुत्साहित बनाएको आरोप (भिडियो सहित)

1 0


नेपालदृष्टि । मोरङ जिल्लाको रतुवामााई नगरपालिका पनि तरकारी खेतीका लागि निकै उपयुक्त स्थान मानिन्छ । स्थानिय तहबाट आवश्यक सहयोग र सुविधा किशानले पाउँन सके यहाँ ठुलो परिमाणमा तरकारी उत्पादन गर्न सकिन्छ । 

नगरको विकास भनेको नै कृषि हो, जबसम्म कृषिमा विकास हुँदैन, तबसम्म नगरपालिकाको विकास गर्न सकिँदैन ।  कृषि उत्पादन बढाउन सकिएन भने स्थानिय तह आर्थिक क्षेत्रमा बलियो बन्न सक्दैनौं । यहाँको कृर्षि क्षेत्रमा सुहाउँदो र सुलभ तरिकाले उत्पादन गरेर आर्थिक समृद्धि बढाउने कार्यमा यस रतुवामाई नगरपालिकाले कुनै त्यस्तो कार्यक्रमलाई प्राथमिकता दिएको पाईएको छैन । 

 पुरानो शैली, सानो लागत र परिश्रमअनुसार मौसमी तरकारीले पनि जति आयतन र उत्पाद लिनु पर्ने त्यो लिन सकेको छैन । ब्यवसायिक तरिकाको अभाव, राम्रो र गुणस्तरिय विउ र मलको सुलभ तरिकाले उपलब्ध नहुनु पनि यहाँका तरकारी खेतीका किशान हरु जति उत्साहित हुनु पर्ने हो हुन सकेका छैनन ।  

स्थानीय तवरको तरकारी उत्पादनलाई जोड दिँदै कृषकलाई यस व्यवसायमा हौसला बढाउँदै लैजाने त्यस्तो यहाँ कुनै कार्यक्रम नहुँदा किशान यस पेशाबाट निरुत्साहित बन्दै गएका देखिन्छन । रतुवामाई नगरपालिकाले तरकारी खेतीका किशानलाई दिनु पर्ने त्यस्ता कुनै पनि सैहुलिय र सुविधा नदिएकाले किशानलाई उत्साहित हैन निरुत्साहित बनाउँदै लगेको स्थानिय किशानहरुले आरोप लगाएका छन ।

नगरपालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउने कार्यक्रम बिभिन्न ठाउँमा भैराखेको छ । किशानहरु आधुनिक तरिकाले तरकारी उत्पादनतर्फ उन्मूख भैराखेका छन । सोही अनुरुप प्रत्यक्ष लाभान्वित भैराखेका पनि छन । तर पनि यस नगरपालिकामा भने त्यस्तो कुनै पहल र उत्साहित कार्यक्रममा किशनले भाग लिन पाईराखेका छैनन् । जति छन उनिहरु पनि यस खेतीतिर निराश जनकनै देखिएका छन । यसै क्रममा यस रतुवामाई नगरपालिकाका केहि किशानसँग प्रत्यक्ष कुराकानी भएको थियो ।    प्रस्तुत छ त्यसको भिडियो ।