कस्तो छ प्रदेश नं. १ र यसको सडक गुरुयोजना ? (भिडियो सहित)

1 0


नेपालदृष्टि । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री ईन्दबहादुर आङबोले संयुक्त रुपमा प्रदेश सडक गुरुयोजना सन् २०२०–३०’ लाई सार्वजनिक गरेका छन् । प्रदेशअन्तर्गतका प्रत्येक १५ किमिमा एक पुल हुने भएको जम्मा ४६० पुलमध्ये १३० को कार्य भइरहेको छ । पुल निर्माण र मर्मतसम्भारमा रु. १९ अर्ब खर्च हुने जानकारी दिइयो । प्रदेश सरकारका गुरुयोजना अन्तर्गतको सडक निर्माणका लागि विश्व बैंक तथा एशियाली विकास बैंकलगायत अन्तर्गत दातृ निकायसँग छलफल शुरु गरिएको छ । 
प्रदेश नं १ को सरकारले रु. २०४ अर्बको लागतमा आगामी १० वर्षभित्र सात हजार २२६ किमिको प्रादेशिक सडक सञ्जाल विस्तार गर्ने गुरुयोजना  सार्वजनिक गरेको छ । प्रदेशअन्तर्गतका १३७ स्थानीय निकायका केन्द्रसम्म सडकको पहुँज पु¥याउन आगामी १० वर्षभित्र सडक खण्डले सेवा पु¥याउने जनसंख्यालाई प्रमुख मापदण्ड बनाइ सडकको प्राथमिकिकरण गरिएको छ ।
विस्तार गरिने सडकमा प्रादेशिक लोकमार्गअन्तर्गत एक हजार ७१७ किमि दुई लेनको कालोपत्र नयाँ निर्माण वा स्तरोन्नति, सहायक प्रादेशिक लोकमार्ग दुई हजार ७८६ किमि मध्यम लेन कालोपत्रमा स्तरोन्नति र अन्य प्रादेशिक ८३ किमि ग्रावेलस्तरको हुनेछ । तराई र पहाडमा जनघनत्वको विवरण फरक भएकाले दुवैको छुट्टै प्राथमिकीकरणका आधारमा विस्तार गरिने भएको छ । 
 

प्रदेश नं. १ सम्पूर्ण परिचय
     नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो प्रदेश नं. १  । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो ।
यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ। १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ। 
वि.सं. २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५।६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको दरले बसोवास गर्छन ।  
इतिहास

किराँतीहरू पूर्वोत्तर हिमालका मूल निवासी हुन । बाबुराम आचार्यले भने अनुसार उनीहरू ७०० ईशा पूर्वमा नेपाल आएर बसोबास गर्न थाले र यस क्षेत्रमा आधिपत्य कायम गरे । उनीहरू धनुर्विद्यामा निपुण थिए र उनीहरू नै आजका किराँती, लिम्बु, याखा, सुनुवार, राई, कुलुङ, थुलुङ र येल्लुङहरूका पूर्वज थिए।
किराँत राजा यलम्बरले अहिर वंशको अन्तिम राजा भुवन सिंहलाई युद्धमा हराए पछि काठमाडौंमा उपत्यकामा किराँत अधिराज्यको स्थापना गरे। उनको अधिराज्य पूर्वमा टिष्टा नदी र पश्चिममा त्रिशुली नदी सम्म फैलिएको थियो। पछि किराँत अधिराज्य कयौं ससाना राज्यहरूमा टुक्रा टुक्रा भएर पूर्व नेपालमा राज्य गरे। लिम्बुवान ससाना राज्यहरूमा एक थिए। १७७१ ई. देखि १७८९ ई. बीच गोर्खाको राजाले ति ससाना किराँती राज्यहरूलाई नेपालमा एकीकरण गरे।

२० सितम्बर १०१५ मा नयाँ संविधान जारी हुनु अगाडि यस क्षेत्रका भूभागहरू पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत आउने गर्थ्यो, जुन नेपाल अधिराज्य को पाँच विकास क्षेत्रहरू मध्य एक थियो। पूर्वाञचलमा जम्मा १६ वटा जिल्लहरू थिए, १४ वटा जिल्लाहरू हालको प्रदेश नं. १ को र दुईवटा जिल्लाहरू सिराहा जिल्ला र सप्तरी जिल्ला हालको प्रदेश नं. २ को, पूर्वाञ्चल विकास क्षेत्र ३ अञ्चलहरूमा विभाजित थिए र ति तीन अञ्चल १६ जिल्लाहरूमा विभाजित थिए। सगरमाथा अञ्चल र कोशी अञ्चलमा ६–६ वटा जिल्लाहरू थिए र मेची अञ्चलमा ४ वटा जिललाहरू थिए। पूर्वाञ्चलको जम्मा क्षेत्रफल २८,४५६ किमी थियो

हिमालि जिल्ला सोलुखुम्बु ,संखुवासभा र ताप्लेजुङ जाडो हुन्छ उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला कहिले जाडो कतिबेला चिसो हुन्छ तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् गर्मि हुन्छ ।
कृपया भिडियो पुरै हेर्नुहोला