आइजीपी खनालले गृहमन्त्री थापाका भाईलाई कारवाही, महरामाथि अनुसन्धान

1 0


नेपालदृष्टि ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् । महरा तीनकुनेस्थित रोशनी शाहीको घरमा १२ असोजको साँझ पुगेको र त्यहाँ आफूमाथि जर्बजस्ती गरेको रोशनले हटलाइनमा फोन गरेर प्रहरीलाई जानकारी गराएकी थिईन् । त्यसपछि आइजीपीले घट्नार्को अनुसन्धान अगाडि बढाउन लगाए । प्रमाणहरु संकलन गरेर अनुसन्धानलाई निष्कर्षमा पुर्याउने गरी कदम चाल्न निर्देशन दिईयो ।
प्रहरीको अनुसन्धानले महत्वपूर्ण प्रमाणहरु फेला पारिसकेको पछि महराले सभामुख पदबाट राजीनामा दिए । त्यसपछि निवर्तमान सभामुखलाई १९ असोजमा सभामुखको सरकारी निवासबाट पक्राउ गरियो ।

आइजीपी खनालले यसमा बोल्ड निर्णय लिएका थिए । कानुनविपरित कार्य गर्ने कसैलाई उन्मुक्ति दिन नहुने मान्यतामा रहेका खनालले यो घटनामा जोखिम मोलेर भएपनि कारवाहिको अनुसन्धानमा लागेका छन । 

उनले यस अघि पनि गृहमन्त्री रामबहादुर थापा बादलको सहोदर भाईको पक्राउ र बहालवाला सभामुखमाथि कारवाहीका दायरामा ल्याई अनुसन्धानमा जुटेका थिए। गृहमन्त्री बादलका भाई संगठित अपराधीका गिरोहसँग जोडिएको सूचना आइजीपीसम्म पुगेपछि, संगठित अपराध गरी जेलमा रहेका समिरमान सिंह बस्नेतसँग नरेश थापाको सम्बन्ध र उनको शंकास्पद गतिविधिलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न उनले  निर्देशन दिएका थिए । नरेशलाई पक्राउ गर्न आदेश सँगै बहालवाला गृहमन्त्रीकै सहोदर भाईलाई आइजीपीले पक्राउ गरेर देखाए जुन विगतमा कहिले भएको थिएन ।