संयुक्त उपन्यासकोे निरन्तरता हो “विसर्ग”

सोम सानु

0 0


नेपालदृष्टि । परशु प्रधान तथा गोविन्द गिरी प्रेरणाद्धरा लेखिएको “विसर्ग” संयुक्त उपन्यास हो । यसरी लामो समयपछि निरन्तरता पाएको उक्त उपन्यास छोटो मिठो छ । एकै बसाईमा पुरै उपन्यास पढ्न सकिन्छ । उपन्यासमा गोविन्द गिरी प्रेरणाको बर्णनात्मक शैेलीले छुट्टै स्वाद दिएको छ, भने परशु प्रधानको चमात्कारी शैलीको प्रस्तुतिले उपन्यास अझै रोमान्चित बनेको छ । लेखकद्धयले शब्द र विषयलाई बिशिष्ट,नम्रतालाई केलाएर प्रस्तुत गर्नु उपन्यासमा अर्केा बिशेषता थपेको छन । 

उपन्यास सरल र सहज छ । पढ्दै जादा पाठकको उत्सुकतालाई मर्न दिएको छैन । यि यस्ता बिषयलाई आख्यानकारले राम्रोसँग टुङ्गोमा पुह्याउँन सकेका छन । उपन्यासमा पुरुष पात्र भन्दा नारी पात्रको बढी उपस्थीति रहेको छ ।

उपन्यासमा रमा मुख्य पात्रमा भएता पनि उनको प्रस्तुति फरक देखिएको छ । उपन्यासमा रमा भन्ने पात्र आदर्शको नमूना बनेकी छन । उपन्यास रमा नामकी पात्रको सेरोफेरोमा मात्र छनै । यसमा देशको स्थीतिलाई राम्ररी छाम्न सकिन्छ । मुलुक कसरी भष्टाचारको जालोले बेरिएको छ । कर्मचारी देखि मन्त्रीसम्म यहि घुसखोरीको जालोमा लटपटिएको छ । तिनीहरु यसमा नै रमाएर चयनको संसार बनाएका छन । यिनीहरुलाई कुनै बन्देज छैन । भष्टचार गर्न यिनीहरु स्वतन्त्र छन । तिनीहरु निर्भीकताका साँथ आफ्नो अनौतिकताको दुनो सोझ्याँराखेका छन । यस्तै खालको बिडम्वना र विसङ्गतिको प्रस्तुति हो उपन्यास “बिसर्ग”।
उपन्यास समग्रहमा हाम्रै  परिवेश र कथाब्यथा भित्रको लहरो हो । संयुक्त उपन्यासको यात्राको यो निरन्तरता होे उपन्यस बिसर्ग । यो यसैमा महत्वपूर्ण पक्ष भएको छ । इतिहासलाइ अगाडि बढाउने काम गरेको छ । यहि नै साँदुवाद ।