सप्तकोशी ब्यारेजका सबै ढोका खुल्ला, जोखिम कम ।

0 0


नेपालदृष्टि ।  आज सप्तकोशी नदीको  ब्यारेजका ५६ वटै सबै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ढोका खोल्नु परेको ब्यारेज प्रहरी चौकी कार्यालयले जनाएको छ ।

हिजो बेलुका सम्म पानीको बहाव तीन लाख १८ हजार ६५० क्यूसेक थियो । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको उक्त ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । 

सप्तकोसीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले प्राविधिक टोलीसहित नियमित अनुगमन गर्न र सतर्क रहन, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले सूचित गरेको थियो ।

                                                                                                                         तस्वीर - नेपाली हेडलाइन